बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार कमिसनको चक्करमा लागेका कारण मल आउन सकेन : श्रेष्ठ

सोमबार, २० असार २०७९, १४ : २०
सोमबार, २० असार २०७९

नेकपा (एमाले) का राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन नसकेको बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको आरोप लगाएका हुन् । 

मल र बीउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख गर्दै उनले विदेशको कृषिजन्य उपज प्रतिस्थापन हुने भएकाले सरकारले त्यसो गर्न नचाहेको बताए । उनले भने – ‘कमिसनको चक्करमा यो सरकार फसेको छ । नेपालमा धान उत्पादनको निम्ति मल, बीउ समयमै ल्याएपछि त नेपाली जनताको उत्पादन वृद्धि हुन्छ र नेपाली जनता आफैँमा आत्मनिर्भर हुन्छन् । त्यसप्रति विदेशबाट आउने चामल मित्र राष्ट्र होस् वा बाहिर देशबाट आउने त्यस्ता खालका कृषिजन्य उपजहरू नेपालमा त्यसै पनि आयातमा प्रतिस्थापन हुन्छन् । तर नेपालमा त्यो गर्न चाहिँदैन, किनभने यो त खालि घुम्नका निम्ति, त्यहाँ गएर कुन–कुन भूमाफियाहरू सँग सङ्गत हुन्छ । अथवा त्यहाँको सरकारी पक्षसँग सङ्गत हुन्छ । उहाँहरूको कमिसनको चक्करमा मन्त्रीज्यूहरू डुबेर आउने गर्नुहुन्छ र यहाँ ढाँटेर सदनमा प्रस्तुत गर्नुहुन्छ कि नेपालमा जति चाह्यो त्यति मल आउँछ अब तपाईंहरू ढुक्क हुनुस् ।’

उनले वर्तमान सरकार देश र जनताप्रति बफादार नभएको भन्दै सरकार रहुञ्जेल देशलाई बर्बादीमा पुर्‍याउने बताए । सरकारको छिटोभन्दा छिटो बहिर्गमनको आवश्यकता रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप