शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशबारे संसदीय समिति बनाएर छानविन गर्नुपर्छ’

सोमबार, २० असार २०७९, १४ : ४१
सोमबार, २० असार २०७९

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन गर्नु माग गरेका छन् ।  सोमबार प्रतिनिधिसभा बैठकमा उनले संसदीय छानबिन माग गर्दै त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्ने बताए ।  ‘यसमा एउटा संसदीय समिति बनाएर छानबिन गर्नुपर्छ, त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्छ’ उनले भने ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश र करको दायरमा हेरफेरको विषयभन्दा आर्थिक अनुशासन हिनताको अर्को नमुना हुनै नसक्ने उनले बताए । ‘व्यापारीका मान्छे राखेर बजेट बनाइन्छ भने योभन्दा अन्तर्राष्ट्रिय लज्जाको विषय के हुन्छ ?,’ ओलीको प्रश्न छ, ‘अनधिकृत मान्छे राखेर सेटिङ गरिकन कुन उद्योगका लागि के–के छुट दिनुपर्छ ? अरु उद्योगलाई कसरी सुकाइदिनुपर्छ भन्ने योजनाका साथ काम भयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप