बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टर्कीमा महँगीको २४ वर्षको रेकर्ड तोडियो

सोमबार, २० असार २०७९, १४ : ५०
सोमबार, २० असार २०७९

टर्कीमा महँगीको २४ वर्षको रेकर्ड तोडिएको छ । टर्की सरकारको एजेन्सी टर्किस स्ट्याटिस्टिकल इन्स्टिच्युटको तथ्याङ्क अनुसार टर्कीको मुद्रास्फीति जुनमा ७८.६२ प्रतिशत पुगेको छ जुन पछिल्लो २४ वर्षयताकै उच्च मुद्रास्फीति दर हो ।

एजेन्सीका अनुसार मासिक मुद्रास्फीतिमा सबैभन्दा कम ०.८ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा बढी घरायसी वस्तुमा १६.५१ प्रतिशतले वृद्धि भएको छ ।

रोयटर्सको सर्वेक्षणअनुसार जुनमा मुद्रास्फीति ७८ प्रतिशतभन्दा बढी हुने अपेक्षा गरिएको थियो । यो वर्षको अन्त्यसम्ममा मुद्रास्फीति ७० प्रतिशतभन्दा अलि कम हुने सम्भावना छ ।

जुनमा मुद्रास्फीति सन् १९९८ यताकै उच्च हो । त्यसतिबेला मुद्रास्फीति ८०.४ प्रतिशत पुगेको थियो ।

अर्थमन्त्री नुरेद्दीन नेबतीले ट्विटरमा मेमा मुद्रास्फीतिको तथ्याङ्क सार्वजनिक गर्दै अहिले मुद्रास्फीति घट्न थालेको बताएका छन् । मेमा यो दर ७३.५ प्रतिशत थियो ।

ब्लूमबर्ग एचटीका अनुसार, टर्की विश्वको सबैभन्दा बढी मुद्रास्फीति दर भएका २० ठूला देशहरू मध्ये एक हो । ५१.२७ प्रतिशतको मुद्रास्फीति दरका साथ टर्कीपछि अर्जेन्टिना दोस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप