बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी बैठकमा प्रश्न : हाम्रो पार्टी पनि अमेरिकी लबीमा पुगेको हो ?

सोमबार, २० असार २०७९, १४ : ५७
सोमबार, २० असार २०७९

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टीले अमेरिकालाई हेर्ने नीतिका विषयमा प्रश्न उठेको छ । पछिल्लो समय एमसीसीमा पार्टीले लिएको पोजिसन र गठबन्धन सरकारको क्रियाकलापलाई जोडेर बैठकमा अमेरिकालाई हेर्ने दृष्टिकोणबारे अध्यक्ष प्रचण्डको प्रष्टीकरण माग भएको हो ।

केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्तले माओवादी पनि अमेरिकी लबीमा पुगेको हो भन्दै प्रश्न गरे । ‘युक्रेन युद्धको विषयमा सरकारले विज्ञप्ति जारी गरेर अमेरिकाको पक्ष लियो । के हाम्रो पार्टी पनि अमेरिकी लबीमा पुगेको हो या हाम्रो परराष्ट्र नीति के हो ?’, बैठकमा पन्तले भने, ‘ असंलग्न जुन परराष्ट्र नीति हो, जुन यतिका दशकसम्म अभ्यास गरिँदै आएको छ । हाम्रै गठबन्धन सरकारले त्यसलाई तोडेको देखियो । यो विषयमा अध्यक्षबाट स्पष्टीकरण आउनुपर्यो ।’

यस्तै उनले प्रवासमा लाखौँ युवाजनशक्ति रहेको भन्दै पार्टीले उचित महत्व दिनुपर्नेमा पनि जोड दिए ।  प्रवासमा रहेका पार्टीका कार्यकर्ता  सरुवा भएर नेपाल आउँदा कमिटीहरूमा सम्मानजनकरूपमा राख्नुपर्ने पनि उनले बताए । यस्तै अर्थमन्त्री जनार्दन शर्मालाई जोडेर बजेटबारे प्रश्न उठेको भन्दै  उनले यसमा अर्थमन्त्रीले वास्तविकता पार्टीलाई जानकारी गराउनुपर्ने धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप