शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंस्थित भारतीय दूतावासमा सुरक्षाकर्मीद्वारा आत्महत्या

सोमबार, २० असार २०७९, ०८ : ००
सोमबार, २० असार २०७९

काठमाडौंस्थित भारतीय दूतावासमा एक सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको छ । दूतावास स्रोतका अनुसार भारतको उत्तराखण्ड घर भएका ती सुरक्षाकर्मीले बिहान ९ बजेअघि नै आफूलाई गोली प्रहार गरेका थिए ।

दूतावास स्रोतले नाम उल्लेख नगर्ने शर्तमा रातोपाटीलाई भन्यो, ‘हामीले बिहान ९ बजे कार्यालय खोल्नुभन्दा अघि नै यो घटना भएको हो । ती सुरक्षाकर्मीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस विषयमा भारतीय सुरक्षाकर्मीले नै अनुसन्धान गरिरहेको छ ।

३२ वर्षीय ती सुरक्षाकर्मीको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।’ यता नेपाल प्रहरीले पनि भारतीय दूतावासले आफूहरुलाई एक सुरक्षाकर्मीले आत्महत्या गरेको जानकारी गराएको बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप