शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्गस पब्लिक कायम

सोमबार, २० असार २०७९, १५ : ५७
सोमबार, २० असार २०७९

शिवम् सिमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङ्गस कम्पनी ऐनको दफा ६३ बमोजिम कारोवार स्वीकृति गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । शिवम् नेपालमा स्थापित सिमेन्ट उद्योगहरुमध्ये नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत एक मात्र पब्लिक लिमिटेड कम्पनी हो ।

शिवम होल्डिङ्गस लिमिटेडको अधिकृत पूँजी ५ अर्व ८० करोड र चुक्ता पूँजी ४ अर्व रहेको छ भने शिवम् होल्डिङ्गसले चिनियाँ लगानी समेत रहेको होङशी शिवम् सिमेन्टको संस्थापक रहि उक्त उद्योगमा ३० प्रतिशत शेयर लगानी गरेको छ । शिवम् होल्डिङ्गसको ३० प्रतिशत र चिनियाँ हङकङ रेड लाइन सिमेन्ट नं. ३ कम्पनीको ७० प्रतिशत शेयर लगानी रहेको होङशी शिवम् सिमेन्टले पहिलो चरणमा ६००० मे. टन. क्लिङकर र सिमेन्ट विगत ३ बर्ष देखि उत्पादन तथा विक्री वितरण गरिरहेको छ ।

दोस्रो चरणमा हालको क्षमता अभिवृद्धि गरी थप ६००० मे. टन. उत्पादन गर्ने र दैनिक २०,००० मे.टन. चुनढुङ्गा खानी स्थलबाट उद्योग स्थलसम्म पु¥याउन आधुनिक कन्भेयर वेल्ट निर्माणको क्रममा ५ कि.मि. लामो सुरुङगमार्ग निर्माणाधिन अवस्थामा रहेको छ । उक्त कम्पनीले गत आ.व. २०७७.०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर समेत वितरण गरिसकेको छ ।

साथै शिवम् होल्डिङ्गस लिमिटेडले आफ्नो चुक्ता पूँजीको अधिकांश रकम होङशी शिवम् सिमेन्ट प्रा.लि. को उद्योगमा संस्थापक शेयरवालाको हैसियतले शेयर लगानी गरिसकेको र मुनाफा भई प्रतिफल समेत प्राप्त गर्न शुरु भई सकेको यस कम्पनीले संस्थापक समूह तर्फ ८० प्रतिशत रहेको छ । निकट भविष्यमा धितोपत्र बोर्ड समेतको स्वीकृतिमा निकट भविष्यमा सर्वसाधारणका लागि समेत सार्वजनिक निस्कासन गरी पूँजी संकलन गरि थप अन्य क्षेत्रमा समेत लगानी गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

शिवम होल्डिङ्गस लिमिटेडमा मुख्य लगानीकर्ता, संस्थापक शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत अर्थात रु. ३ अर्व ४० करोड १० लाख ४२ हजार रुपैयाँको शेयर लगानी रहेको छ । अन्य १९ जना विभिन्न क्षेत्रका उद्योग व्यापार र पेशा व्यवसायको आ–आफ्नो क्षेत्रमा सफलता पूर्वक क्रियासिल रहेका व्यक्तिगत संस्थापकहरुको करिव १५ प्रतिशत अर्थात रु. ५९ करोड ८९ लाख ५८ हजार रुपैयाँ बराबरको शेयर रकम लगानी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप