
रिलायन्स लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न
रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले सोमबार विशेष साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा अध्यक्ष ताराचन्द केडियाले छलफलका प्रस्तावहरू प्रस्तुत गरेका थिए । सभाले कम्पनीको अधिकृत पूँजी बृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा पूँजी बृद्धि एवंं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।
यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने तथा पूँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनौट गर्ने निर्णय पनि गरेको छ ।
यी कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय भएको कम्पनीको भनाइ छ । साथै, सो सभाले कम्पनीको अधिकृत पुँजी रु. ३ अर्ब रुपैयाँबाट बृद्धि गरी रु. ५ अर्ब हुने गरी प्रस्ताव पनि पारित गरेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ