
नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्छ : झपट रावल

नेकपा एमालेका सांसद झपटबहादुर रावलले नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्ने बताएका छन् ।
सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यागमनको कुरा राज्यको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकोले यसको जिम्मेवारी नेपाल प्रहरीलाई नै दिनुपर्ने बताए । सांसद रावलले अध्यागमनको बारेमा हतारमा निर्णय लिनुभन्दा यसलाई गम्भीरताका साथ छलफल गरेर मात्रै विधेयक र नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले अध्यागमनको जिम्मेवारी निजामति कर्मचारीलाई दिने कुरामा सहमत हुन नसक्ने बताए । सांसद रावलले अध्यागमनलाई नेपाल प्रहरी वा अन्य सुरक्षा निकाय अन्तर्गत राख्ने गरेर जानुपर्ने बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ