मधेस प्रदेश : ‘असारे विकास’ अनियमितता छानबिन गर्न उपसभामुखको संयोजकत्वमा समिति गठन
मधेस प्रदेशको प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेशसभाको बैठकमा ‘असारे विकास’ को नाममा अनियमितता भएकोबारे उठाएको प्रश्नबारे छानबिनका लागि संसदीय समिति गठन गरिएको छ । लोसपाकै मागअनुसार सभामुख सरोजकुमार यादवले उपसभामुख उपमा कुमारी देवको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेका हुन् ।
प्रदेशसभामा प्रमुख प्रतिपक्षी लोसपा नेपालका प्रमुख सचेतक परमेश्‍वर साहले अर्थ मन्त्रालयबाटै विकास निर्माणको नाममा अनियमितता भइरहेको आरोप लगाउँदै संसदीय छानबिनको माग गरेका थिए । सोहीअनुसार सभामुख यादवले १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी संसदीय समिति गठन गरेका हुन् ।
छानबिन समितिको संयोजकमा उपसभामुख देव छिन् भने सदस्यहरूमा विन्देश्वरप्रसाद यादव, शिवचन्द्र चौधरी, रानी शर्मा तिवारी, अशोककुमार यादव, किशोरी साह कमल, रामकुमार यादव र सावित्री देवी साह छन् ।
यस समितिले रकमान्तर, स्थानीय तहमा दिएको अनुदान रकम, जनता आवास कार्यक्रम र भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा लगाइएको तालालगायत विषयमा अनुगमन तथा छानबिन गरी १५ दिनमा प्रदेशसभामा सभामुख समक्ष प्रतिवेदन पेस गर्ने कार्यादेश पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
-
प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण सर्वसम्मत चयन
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा हुने सिन्डिकेट हटाउन सांसदहरूको जोड
-
भन्सार जाँचपास सम्बन्धि प्रक्रिया सहज बनाउन सरकारलाई सुझाव
-
देशको नेतृत्वमा पुगेर केही गर्ने चाहना छ : विप्लव
-
सभापति कपमा संकटाको सहज जित