शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उच्च कोलेस्ट्रोलको यो संकेत देखिने बित्तिकै हुनुहोस् सतर्क, हृदयघातको खतरा न्युन हुने

मङ्गलबार, २१ असार २०७९, १२ : ०३
मङ्गलबार, २१ असार २०७९

कोलेस्ट्रोल एक मैन जस्तो पदार्थ हो जुन कलेजोमा बन्ने गर्छ र शरीरको हरेक हिस्सामा पाइन्छ । हाम्रो शरीरमा दुई खालको कोलेस्ट्रोल पाइन्छ – एउटा गुड कोलेस्ट्रोल र अर्को ब्याड कोलेस्ट्रोल । ब्याड कोलेस्ट्रोलको कुरा गर्ने हो भने यो हाम्रो धमनीमा जम्मा हुनसक्छ । जसका कारण विभिन्न रोग निम्तिन थाल्छ । हाम्रो शरीरलाई हेल्दी सेल्स बनाउनका लागि कोलेस्ट्रोलको आवश्यकता हुन्छ तर शरीरमा यसको मात्रा बढी हुँदा हृदय सम्बन्धि विभिन्न खालका खतरा बढ्ने गर्छ ।

शरीरमा कोलेस्ट्रोलको स्तर चिल्लो खाना खाँदा, व्यायाम नगर्दा, बढी तौल हुँदा, धुम्रपान र मद्यपान गर्दा बढ्ने गर्छ । कतिपय अवस्थामा त यो जेनेटिक पनि हुन्छ । शरीरमा कोलेस्ट्रोलको स्तर बढ्दा कुनै संकेत देखिँदैन तर यसका कारण थुप्रै गम्भीर रोग हुनसक्छन् । धमनीमा कोलेस्ट्रोलको स्तर बढ्दा शरीरका विभिन्न हिस्सामा क्र्याम्प (ऐठन) को समस्या पनि भोग्नुपर्ने हुनसक्छ । यो पेरिफेरल आर्टरी डिजिज (पीएडी) को एउटा संकेत पनि हुनसक्छ । जुन शरीरमा कोलेस्ट्रोलको स्तर बढ्दा हुने गर्छ ।

के हो पेरिफेरल आर्टरी डिजिज ?

पेरिफेरल आर्टरी डिजिज एउटा यस्तो रोग हो जसमा तपाईंको टाउको, अङ्ग र खुट्टासम्म रगत लैजाने धमनीमा कोलेस्ट्रोल जम्मा हुने गर्छ । यो एक सामान्य सञ्चार सम्बन्धि समस्या हो जसमा धमनी निकै पातलो हुने गर्छ र यसका कारण खुट्टा र हाततिर उचित मात्रामा रक्तसञ्चार हुन पाउँदैन । पिएडीको मुख्य कारण बुढ्यौली, मधुमेह र धुम्रपान हो ।

शरीरमा कोलेस्ट्रोल स्तर बढेको लक्षण

क्यालिफोर्निया विश्वविद्यालयमा सान फ्रान्सिस्कोको सर्जरी डिपार्टमेन्टका अनुसार शरीरमा कोलेस्ट्रोलको स्तर उच्च हुँदा विभिन्न खालका लक्षण देखिन्छ जसमध्ये एउटा लक्षण ऐठन यानी क्र्याम्प हो । कोलेस्ट्रोलको स्तर बढ्दा खुट्टा, तिघ्रा, कम्मर, पिँडौला र हातमा क्र्याम्पको समस्याको सामना गर्नुपर्ने हुनसक्छ । केही बेर आराम गरेपछि यो क्र्याम्प निको पनि हुने गर्छन् । पेरिफेरल आर्टरी डिजिजका अन्य कुनै संकेत र लक्षण पनि छन् । जसमा खुट्टाको घाउ निकै बिस्तारै निको हुनु वा कतिपय अवस्थामा त फिटिक्कै निको नहुन पनि सक्छन् । यतिबेला छाला पहेँलो वा निलो रङको पनि देखिन सक्छ । साथै एउटा खुट्टाको तापक्रम अर्कोको तुलनामा धेरै वा कम हुनसक्छ । यसका साथै, नङ बढ्ने दर पनि निकै ढिलो हुन्छ ।

यी सबै लक्षणबाहेक धेरैजसो मानिसमा पेरिफेरल आर्टरी डिजिजको कुनै पनि लक्षण देखिँदैन । यस्तोमा यदि तपाईंलाई यी सबैमध्ये कुनै पनि लक्षण देखिन्छ वा दुखाई महसुस हुन्छ भने डाक्टरलाई कुनै पनि हालतमा देखाउनुहोस् ।

उच्च कोलेस्ट्रोल स्तरले शरीरलाई पुर्याउने असर

उच्च कोलेस्ट्रोलका कारण रक्त कोसिकामा बोसो जम्मा हुन थाल्छ र समय सँगै यो बोसो थप बढ्ने गर्छ जसमा कोसिकामा रगतको सञ्भार निकै कम हुने गर्छ र एक समयपछि त रोकिनेसमेत गर्छ । कतिपय अवस्थामा त यो बोसो स–सानो ढिक्कामा टुट्ने गर्छ र रक्त सञ्चारलाई पूर्ण रुपमा रोक्ने गर्छ जसका कारण हृदयघात र स्ट्रोकको खतरा बढ्ने गर्छ । यसरी उच्च कोलेस्ट्रोलले स्नायु प्रणाली र मुटुलाई सबैभन्दा बढी प्रभावित गर्छ ।

कसरी रोक्ने कोलेस्ट्रोलसँग सम्बन्धित समस्या

केही चिज यस्ता छन् जुन खाँदा कोलेस्ट्रोललाई कम गर्न सकिन्छ । यसका लागि तपाईंले स्याचुरेटेड फ्याटको साटो अनस्याचुरेटेड फ्याटलाई आफ्नो खानामा समावेश गर्नुहोस् । ओलिभ ओयल, सूर्यमुखीको तेल, नट्स र सिड्स ओयलमा हेल्दी फ्याट हुन्छ । फिस ओयल पनि हेल्दी अनस्याचुरेट फ्याटमा आउँछ । यसबाहेक दैनिक व्यायाम गर्दा पनि कोलेस्ट्रोललाई कम गर्न सकिन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप