शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाले पिसाब फेर्ने बेला गर्छन् यस्ता गल्ती, विज्ञले दिए चेतावनी

बुधबार, २२ असार २०७९, ०७ : ३७
बुधबार, २२ असार २०७९

पिसाबले मानिसको स्वास्थ्यबारे धेरै कुरा बताउन सक्छ त्यसैले स्वास्थ्यबारे थाहा पाउनका लागि कतिपय अवस्थामा डाक्टरले पिसाब परीक्षण गर्न सल्लाह दिन्छन् । पिसाबको रङ, पिसाबको पिँज लगायतका चिजले स्वास्थ्यबारे पत्ता लगाउन सकिन्छ । हालै डाक्टरले जो महिलाले गलत तरिकाले पिसाब फेर्छन् उनीहरुले भविष्यमा केही समस्याको सामना गर्नुपर्ने चेतावनीसमेत दिएका छन् ।

अमेरिकाकी महिला पेल्विक डिसफंक्सन विज्ञ तथा योनी रोग विशेषज्ञ (भजाइनाकोलोजिस्ट) डा. टेरेसा इरविनले पिसाब थैलीलाई स्वस्थ राख्नुका साथै समग्र स्वास्थ्यलाई सही राख्नका लागि पिसाब फेर्ने पाँच तरिका कस्ता हुन्, त्यसबारे जानकारी दिएकी छिन् ।

१. राम्रो खानेकुरा खानुहोस्

डा. टेरेसा इरविनका अनुसार पिसाब पोल्ने समस्याबाट बच्नका लागि केही खानेकुराबाट टाढा रहनुपर्छ । कफी, कार्बोनेटेड डिङ्क्स, आर्टिफिसियल स्विटनर र रक्सी पिसाब थैलीको स्वास्थ्यका लागि राम्रो मानिँदैन र यसैकारण पिसाब पोल्ने समस्या हुनसक्छ । उनी भन्छिन्, ‘म यो भन्दिनँ कि तपाईंले यी सबै खानेकुरा चटक्कै छोड्नुहोस् तर यस्ता खानेकुरालाई सन्तुलित तरिकाले खानुहोस् र धेरै पानी पिउनुहोस् ।

२. मन लाग्ने बित्तिकै पिसाब फेरिहाल्नुस्

कुनै पनि महिलाले सामान्य रुपमा एक दिनमा चारदेखि सात पटक पिसाब फेर्ने गर्छन् । कोही महिलाले पिसाब फेर्न मन लाग्दा कुनै कारणले पिसाब रोकेर बसिरहने पनि गर्छन् । यस्तोमा दिमागमा पिसाबका लागि जुन सिग्नल आइरहेको छ त्यसलाई नजरअन्दाज गर्ने गर्छ । यदि यस्तै बानी बारम्बार दोहोरिरहन्छ भने तपाईंले कहिले पिसाब फेर्ने भनेर दिमागले सिग्नल दिन बन्द गरिदिनेछ ।

३. सही स्थिति र समय

डा. इरिविनका अनुसार पिसाब फेर्ने बेला हतार नगर्नुहोस् । सही स्थितिमा बस्नुहोस् र पूरा एक मिनेटको समय दिनुहोस् । धेरै महिलाले पिसाब थैलीलाई खाली बनाउनका लागि पूरा समय लिँदैनन् । यदि यस्तो गर्नुहुन्छ भने पिसाब थैली भित्र भरिएका पिसाबको उच्च दबाबका कारण आसपासका मांशपेशीमा दबाब पर्नेछ ।

केही महिला टोयलेट सिटमा बसेर पिसाब फेर्छन् जसका कारण केही पिसाब थैलीमा नै रहने गर्छ । पिसाब थैली खाली गर्नका लागि टोयलेटको सिटमा बसेर आफ्नो कुहिनालाई घुँडा माथि राखेर अगाडि झुक्नुपर्छ ।

४. हाँच्छियू गर्ने बेला कन्ट्र्याक्ट गर्नुहोस्

हाँच्छियू गर्ने बेला पेल्विक मसल्समा कन्ट्र्याक्सन हुन्छ जसका कारण पेल्विक फ्लोर मसल्स बलियो हुन्छ । हाँच्छियू गर्दा पेल्विक मसल्स टाइट होस् भन्ने कुरा ध्यानमा राख्नुहोस् ।

५. पेल्विक मसल्स व्यायाम

सेक्रम र कोक्सिक्स, पेल्विक मसल्स आसपासका हिस्सालाई सपोर्ट दिने गर्छन् जसले आन्तरिक प्रजनन अंग, पिसाब थैली र पाचन तन्त्रको तल्लो हिस्साको रक्षा गर्दछ । पेल्विक फ्लोरका मांसपेशी, पेल्विक बोनको आन्तरिक हिस्साको बाहिरी किनारा बनाउने गर्छ त्यसैले पेल्विक मसल्सलाई बलियो बनाउनका लागि व्यायाम गर्नुपर्छ । यसका लागि वेट ट्रेनिङ र पेल्विक एक्सरसाइज गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप