आइतबार, ०४ फागुन २०८१
ताजा लोकप्रिय

सहरी विकास मन्त्री चौधरीद्वारा जनकपुरमा बसपार्कको शिलान्यास

बिहीबार, २३ असार २०७९, १८ : २६
बिहीबार, २३ असार २०७९

सहरी विकास मन्त्री मेटमणी चौधरीले जनकपुरधामको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार जनकपुरधाममा बसपार्कको शिलान्यास गर्दै मन्त्री चौधरीले जनकपुरधामलार्ई पर्यटकीय स्थलको केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

जनकपुरधामको मुख्य समस्या फोहर व्यवस्थापन रहेको भन्दै उनले ल्याण्डफिल्ड साइट निमार्णका लागि मन्त्रालयले बजेट बिनियोजन गर्ने बताए । शिलान्यास कार्यक्रममा मधेश प्रदेशका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री शत्रुधन महतोले मधेश प्रदेशको राजधानी जनकपुरधाम नगरिलाई धार्मिक पर्यटनको केन्द्र र गन्तव्यस्थलको रुपमा विकास गर्न आवश्यक रहेका बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप