बोनस वितरणमा हस्तक्षेप नगर्न राष्ट्र बैंकलाई सुझाव

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले बैंकहरुको बोनस वितरणमा कुनै हस्तक्षेप नगर्न राष्ट्र बैंकसँग माग गरेको छ । आगामी आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिका लागि सुझाव दिएको परिसंघले घुमाउरो पारामा यस्तो माग गरेको हो ।
बिहीबार राष्ट्र बैंकलाई डेढ दर्जन बुँदामा सुझाव दिँदै परिसंघले बैंक तथा वित्तीय संस्थाहरुले आर्जन गरेको मुनाफाको वितरणको निर्क्यौल गर्ने अधिकार पूर्व व्यवस्था अनुरुप सम्बन्धित संस्थाहरुलाई नै दिन भनेको हो ।यसको मतलब बैंक तथा वित्तीय संस्थाहरुले नाफाको कति प्रतिशत नगद र कति प्रतिशत बोनस सेयर दिने भन्ने निर्णय आफैले गर्न पाउनुपर्ने बताएको हो ।
हाल राष्ट्र बैंकले कुल बोनसको ३० प्रतिशतभन्दा बढी नगद बोनस वितरण गर्न नपाउने व्यवस्था गरेको छ । यसले नगदलाई सेयरको रुपमा कन्भर्ट गर्दा चुक्ता पुँजी बढ्ने तर बजारमा नगद प्रवाहमा भने समस्या आउने बैंकहरुको भनाइ छ । जुन मुद्दा आगामी आर्थिक वर्षका लागि बन्ने मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने सिबिफिनको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आङ सान सुकीको ८० औँ जन्मदिन जेलमा
-
राहतको पर्खाइमा रहेका २९ जनासहित इजरायलद्वारा ७२ जना प्यालेस्टिनीको हत्या
-
कमजोर पूर्वाधारबिच फट्को मार्दै युवा पुस्ता
-
प्रेमीसँग फेला परेकी पत्नीको नाक टोकिदिएपछि...
-
आइएमई पे र खल्तीबिचको मर्जरमा राष्ट्र बैंकले दियो अन्तिम कारोबारको स्वीकृति
-
हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत आर्थिक वृद्धिका चुनौतीको सामना गर्नसक्छौँ : उपप्रधानमन्त्री पौडेल