शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

त्रियुगा नदीको भाँचिएको पुलको अवलोकनपछि परराष्ट्र मन्त्रीले दिए यस्तो निर्देशन

शुक्रबार, २४ असार २०७९, ११ : ३६
शुक्रबार, २४ असार २०७९

परराष्ट्र मन्त्री डा नारायण खड्काले एक वर्षअघि आएको बाढीले बगाएको उदयपुरको चौदण्डीगढी नगरपालिका–५ शिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पक्की पुलको अवलोकन गरेका छन् । 

निर्माण सम्पन्न भई उद्घाटन गर्ने अघिल्लो दिन आएको बाढीले पुल बगाएको थियो । उद्घाटन अघि नै भाँचिएपछि त्यस क्षेत्रका जनता नदी वारपार गर्न समस्यामा पर्दै आएका छन । गत वर्ष १९ असारमा नदीमा आएको बाढीले पुलको पश्चिम पट्टिको दुईवटा पिलर भासिएपछि पुलको स्याल्ब झारेको थियो । 

परराष्ट्र मन्त्री डा खड्काले पुलको स्थलगत अवलोकन गरेर जानकारी लिएका छन् । सो क्रममा उनले  पुल महाशाखाका उपनिर्देशक उमेशबिन्दु श्रेष्ठलाई पुल पुनर्निर्माणमा भएको ढिलाईबारे बुझ्न आग्रह गर्दै तत्काल निर्माणको व्यवस्था मिलाउन निर्देशन दिएका थिए । साथै मन्त्री खड्काले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउने बचन पनि दिएका थिए । 

करिब १२ वर्ष लगाएर निर्माण भएको पुल भत्किएपछि दैनिक सयौँको संख्यामा सोही बाटो भएर आवतजावत गर्ने स्थानीयवासीले सास्ती व्यहोर्नु परेको छ । भाँचिएको पुल बन्ने नबन्ने अन्योलमा परेको बेला मन्त्री खड्काको अवलोकन भ्रमण जनतामा आशा पलाएको छ । 

मन्त्री खड्कासँगै अवलोकनमा आएका महाशाखाका उपनिर्देशक  श्रेष्ठले पुल भाँसिको कारणबारे अध्ययन भइरहेकाले ढिलाइ भएको जानकारी दिए । 

विस्तृत अध्ययन रिर्पोट आउने र त्यसपछि निर्माण प्रक्रियाअघि बढ्ने उपनिर्देशक श्रेष्ठले जानकारी दिए । पुल निर्माण तथा रेखदेखको जिम्मा पाएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय गाईघाटका डिभिजन इन्जिनियर गोपालप्रसाद खकुरेलले पुलचोक ईन्जिनियरिङ्ग क्याम्पसले यसबारेमा अध्ययन गरि राखेकाले ढिलाई हुन पुगेको बताए । 

बाढीले उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणधिन मोटरेबल पक्की पुल १९ असार २०७८ सालमा आएको बाढीले बगाएको हो । शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणाधीन मोटरेबल पक्की पुलको अध्ययनका लागि मन्त्रालयले विशेषज्ञ टोली गठन गरेको थियो  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप