बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

शुक्रबार, २४ असार २०७९, १५ : ०२
शुक्रबार, २४ असार २०७९

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका–१४ घर भई नागार्जुन बस्ने ५६ वर्षीय विष्णु प्रसाद गैरे छन् ।

७ लाख ४० हजार बिगो भएको बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले उनीविरुद्ध २०७९ जेठ २७ मा पक्राउ पुर्जी जारी गरेको थियो । असार २३ मा उनलाई काठमाडौंबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ  । आरोपीमाथि थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप