मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

माकुराको घर बन्दै विद्यालयका कम्प्युटर

शनिबार, २५ असार २०७९, ०८ : ४३
शनिबार, २५ असार २०७९

मुगु जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिकामा रहेको एक विद्यालयमा विद्युत नहुँदा विद्यालयले ल्याएको कम्प्युटर माकुराको घर  बनेका छन् । 

७ वर्ष पहिले नेपाल सरकार सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा खत्याड गाँउपालिका वडा नम्बर १० मा रहेको महादेव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर शिक्षासँगै इन्टरनेट सेवा दिने उद्देश्यका साथ साथ २४ वटा कम्प्युटर, ४ वटा सिसी  क्यामरा र इन्टरनेट सेवा सहयोग गरिए पनि उक्त  विद्यालयमा विद्युत् नहुँदा  कम्प्युटर, सिसी क्यामरा र इन्टरनेट मेसिनमा माकुराले जालो लगाएका छन् । 

७ वर्ष पहिला विद्यालयमा वैकल्पिक सौर्य उर्जाबाट विद्यालयलाई सौर्य पाता सहितको विद्युत् सहयोग गरेको थियो । सोहीअनुरुप नेपाल सरकार सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरण कम्प्युटर, सिसी क्यामरालगायतका  विद्युतीय उपकरण माग गर्दा उपलब्ध भएको थियो । तर, विद्युत् सेवाको सहज पहुँच नहुँदा लाखौ मूल्यका कम्प्युटर र अन्य सामग्री प्रयोगविहीन भएको विद्यालयले जानकारी दिएको छ ।

विद्यालयमा कक्षा ६, ७, ८ सम्म कम्प्युटर शिक्षा विषय पढाई हुने भएकोमा विद्यार्थीलाई प्रयोगात्मक कक्षा सञ्चालन नगरी थन्काइएको  प्राधानाध्यापक चन्द्र बहादुर रोकायाले बताए ।

लामो समयसम्म प्रयोगविहीन कम्प्युटरमध्ये केही  बिग्रिएका छन् । विद्यालयमा ल्याइएको कम्प्युटर प्रयोगविहीन बन्दा विद्यार्थीलाई समस्या भएका अभिभावक चन्द्रविर बुढाले गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप