बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फिट एण्ड फ्याब : जिम सेन्टर पुगेको पहिलो दिन के गर्ने ? (भिडियो)

शनिबार, २५ असार २०७९, १२ : ४२
शनिबार, २५ असार २०७९

स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम महत्त्वपूर्ण मानिन्छ । बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच जिम सेन्टर जाने र शारीरिक व्यायाम गर्नेको सङ्ख्या बढ्दो छ । 

शरीरलाई सुगठित अर्थात् फिट राख्न होस् या स्वस्थ हुन, धेरै युवाको रोजाइमा जिम सेन्टर पर्न थालेको छ । अझ शरीरको तौल घटाउन होस या, शरीरलाई सन्तुलनमा राख्न होस् अधिकांशले जिमलाई नै प्राथमिकता दिन थालेका छन् ।

कतिपय युवा त फिटनेस क्लब नगई घरमै युट्युब वा अन्य अनलाइन माध्यममा सार्वजनिक गरिएका सामग्री हेरेर पनि फिटनेसका गतिविधिमा सामेल भइरहेका हुन्छन्। तर, आफूखुसी जिम गर्नुभन्दा प्रशिक्षकको सहयोगमा गर्नु निकै फाइदाजनक रहेको बताउँछन् बानेश्वरमा रहेको जिम क्लब ‘हाइ स्प्रिट’का प्रशिक्षक सञ्जीव श्रेष्ठ । 

अर्कातर्फ यदि कोही फिटनेस क्लब जाने योजनामा हुनुहुन्छ भने हामीले हाम्रो शरीरलाई स्वास्थ्य र सुगठित बनाउन के र कस्ता अभ्यास गर्नु पर्छ ? जिम सेन्टर पुगिसकेपछि हामीले गर्नुपर्ने व्यायामको प्रकृति के र कस्तो हुन्छ, कति समय गर्नु पर्छ ? कस्ता व्यक्तिले कस्तो शारीरिक व्यायाम गर्ने ? लगायतका विषयमा तयार ‘रातोपाटी फिट एण्ड फ्याब’ भिडियो सेगमेन्ट : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप