बालुवाटारमा शेखर समूहकाे बैठक बस्दै

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरुलाई छलफलका लागि बोलाएका छन् । आइतबार दिउँसो १ बजे बालुवाटारस्थित आफ्नो निजी सचिवालयमा कोइरालाले बैठक बोलाएका हुन् । सोमबार बस्ने केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति बनाउन छलफल बोलाइएको एक नेताले बताए ।
काँग्रेसले स्थानीय तह निर्वाचन समीक्षा र विविध विषयमाथि छलफल गर्न भोलि दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्दैछ । यता उक्त बैठकमा एजेण्डा र भ्रातृ संस्थाका विषयमा छलफल गर्न काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
पार्टीको पदाधिकारी बैठक र कोइराला समूहको छलफलको समय जुधेको छ । महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे बालुवाटार समूहको बैठकपछि मात्र सानेपा जाने तयारीमा छन् ।
यसअघि पनि कोइराला समूहले दुई दिन आन्तरिक छलफल गरेको गरेको थियो । उक्त छलफलले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीमाथि पाँच बुँदे निष्कर्ष निकालेको थियो । बैठकले सरकार र पार्टी सञ्चालनमा देउवा असफल भएको कोइराला समूहको निष्कर्ष थियो । सोही निष्कर्षका साथ बैठकमा प्रस्तुत हुने कोइराला पक्षको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल कुनै पार्टीसँग एकता हुँदैनः खतिवडा
-
डेरीमा पशुको बोसोसहित अखाद्य वस्तु फेला
-
‘ह्यारी कि प्यारी’ को प्रिमियरमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
-
चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने
-
परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्कामा उच्चस्तरीय भेटवार्ता गर्ने