मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहितका लागि खुसीको खबर : यो रोगको खतरा निकै कम

आइतबार, २६ असार २०७९, ११ : २४
आइतबार, २६ असार २०७९

अविवाहितहरुमा पेटको क्यान्सरबाट ज्यान गुमाउने खतरा धेरै हुने एक अनुसन्धानले खुलासा गरेको छ । अर्कोतर्फ, जो व्यक्ति आफ्नो पार्टनरसँग बस्छन्, उनीहरुमा क्यान्सरबाट निको हुने सम्भावना अत्यधिक हुन्छ । पछिल्ला थुप्रै अनुसन्धानमा के पत्ता लागेको छ भने विवाहले मानिसहरुलाई पेटको क्यान्सरका कारण हुने असामयिक निधनबाट जोगाउने गर्छ ।

अनुसन्धाताका अनुसार विवाहितहरुमा क्यान्सर जित्ने दर धेरै हुन्छ । त्यसपछि यो सूचीमा अविवाहितहरु आउँछन् । अनि आउँछन् केही कारणवश आफ्ना पार्टनरसँग अलग भइसकेका मानिसहरु ।

चीनको अनहुई प्रान्तमा अवस्थित अनहुई मेडिकल युनिभर्सिटीका सम्बन्धित लेखक प्राध्यापक अमन जूले भने, ‘विवाहितहरु आर्थिक रुपमा स्थिर हुन्छन् र उनीहरुलाई पार्टनरको भावनात्मक समर्थन पनि प्राप्त हुन्छ । त्यसैले पनि यो दर बढेको हुनसक्छ । ’

विश्वभरी मृत्यु हुने व्यक्तिहरुबीच पेटको क्यान्सर तेस्रो सबैभन्दा ठूलो कारण हो । प्राध्यापक जू र अनुसन्धाताले अमेरिकाभरी ३,६४७ मामिलाको अनुसन्धान गरे जहाँ ट्युमर उनीहरुको शरीरको अन्य अंगमा फैलिएको थिएन । यी सबै बिरामीको सन् २०१० देखि २०१५ बीच सफल उपचार गरियो ।

विवाहित व्यक्तिमा बाँच्ने सम्भावना ७२ प्रतिशत थियो । यो अनुसन्धानमा श्रीमानको तुलनामा श्रीमतीमा जीवित रहने सम्भावना निकै धेरै थियो । यस्तै, यस्ता पुरुष जसको श्रीमतीको मृत्यु भइसकेको थियो, उनीहरुमा जीवित रहने सम्भावना निकै कम ५१ प्रतिशत पाइयो ।

के हो पेटको क्यान्सर ?

हामी जे जति खाना खान्छौँ, त्यो सिधा हाम्रो पेटमा जान्छ । पेटले यी खानालाई स–साना टुक्रामा तोड्ने र पचाउने काम गर्छ । पेटको क्यान्सर त्यतिबेला सुरु हुन्छ जब तपाईंको पेटको आन्तरिक पत्रमा क्यान्सरको कोसिका बन्ने गर्छ । यी कोशिका ट्युमरमा विकसित हुनसक्छ । यसलाई ग्यास्ट्रिक क्यान्सर पनि भनिन्छ । पेटको क्यान्सर साधारणतया थुप्रै वर्षमा बिस्तारै बढ्छ । ६० देखि ८० वर्षका मानिसहरुले यो क्यान्सरको सामना गर्नुपर्ने सम्भावना बढी हुन्छ । पेटको क्यान्सर शरीरको अन्य अंगमा पनि फैलिन सक्छ ।

पेटको क्यान्सरको लक्षणः

खाना निल्न समस्या, खाना खाएपछि पेट फुलेको महसुस हुनु, थोरै खाएपछि पनि पेट भरिएको महसुस हुनु, छाती पोल्नु, अपच, थकान, पेट दुख्ने, कुनै कारण बिना नै तौल कम हुनु, बान्ता । यी पेटको क्यान्सरका लक्षण हुनसक्छन् । यसबारे सटिक जानकारी प्राप्त गर्न तपाईंले डाक्टरलाई भेट्नै पर्ने हुन्छ ।

यी कारणले बढ्न सक्छ क्यान्सरको खतराः

ग्यास्ट्रोएसोफेगल रिफ्लक्स डिजिज जसमा पेटमा बन्ने एसिड खानाको नलीमा जम्मा हुनथाल्छ । मोटोपना, खानामा बढी नुन र धुँवादार खानेकुराको सेवन, खानामा फलफूल र हरियो सागसब्जी समावेश नगर्नु, परिवारमा कसैलाई पेटको क्यान्सर छ भने, पेटमा लामो समयसम्म जलन महसुस हुनु, धुम्रपान, यी सबै चिजले पेटको क्यान्सरको खतरालाई थप बढाउन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप