२८ अर्ब चुक्ता पुँजीसहित ठूलो बैंकको रुपमा उदायो नबिल बैंक
सोमबार, २७ असार २०७९, १८ : ०५

विधिवत् रुपमा नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्जर भएका छन् । सोमबार राजधानीको होटल हायात रिजेन्सीमा बृहत् समारोहकाबीच दुई बैंक मर्जरको घोषणा भएको छ । योसँगै कुल २८ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पुँजीसहित नबिल बैंक लिमिटेड हालसम्मकै ठूलो बैकको रुपमा उदाएको छ ।
१८ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको नबिलले १० अर्ब ८ करोड चुक्ता पुँजी रहेको नेपाल बंगलादेश बैंकलाई १००: ४२ स्वाप रेसियोमा एक्यावर अर्थात् प्राप्ति गरेको हो । असार १५ गते दुबै बैंकको सञ्चालक समितिको बैठकले मर्जरका लागि अन्तिम सहमति दिएको थियो ।
योसँगै यसअघिको यसअघि २३ अर्ब ७९ करोड चुक्ता पुँजीसहित पहिलो बैंक रहेको ग्लोबल आईएमई बैंक दोस्रो नम्बरमा झरेको छ । यद्यपि, बैंक अफ काठमाण्डू (बीओके) सँग मर्जरको हात बढाइसकेको ग्लोबलले पुनः आफ्नो स्थान फिर्ता लिने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा सदस्यको संख्या १६५ बनाउन सांसद देवकोटाको माग
-
सदभाव र सुवासलाई तीन स्ट्रोकको अग्रता
-
एसईईको नतिजा नआई कक्षा ११ को भर्ना नगर्न काठमाडौँ महानगरको निर्देशन
-
प्रदेशसभा स्थगित गरिएकोप्रति कांग्रेसको आपत्ति
-
कोशी प्रदेश : अल्पमतको सरकारले बजेट कसरी ल्याउँछ ?
-
वामदेव गौतम एमालेमा फर्कन तयार, ओलीको यस्तो प्रतिक्रिया