शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुन भिटामिनले पेटको बोसो कम हुन्छ ? थाहा पाउनुहोस् यसको स्रोत

मङ्गलबार, २८ असार २०७९, १४ : ००
मङ्गलबार, २८ असार २०७९

तौल घटाउनु सजिलो कुरा होइन । यसका लागि कडा मिहिनेत र स्वस्थ खानपानको आवश्यकता पर्छ । विशेषगरी तौल कम गर्नका लागि उत्कृष्ट डाइटको छनोट गर्न अत्यावश्यक छ । हाम्रो खानामा पाइने पोषक तत्वले तौल घटाउन महत्वपूर्ण भूमिका निभाउँछ । केही यस्ता भिटामिन र मिनरल्स छन् जसको मद्दतले तपाईं तीब्र रुपमा आफ्नो तौल घटाउन सक्नुहुन्छ साथै यसमार्फत् शरीरलाई थुप्रै लाभसमेत प्रदान गर्न सक्नुहुन्छ । आज हामी यो लेखमा बेली फ्याट कम गर्ने भिटामिनबारे थाहा पाउनेछौँ ।

तौल कम गर्ने भिटामिन

शरीरको बढ्दो तौल र पेटको बोसो कम गर्नका लागि विभिन्न प्रकारका भिटामिनले मद्दत गर्नसक्छन् । आउनुहोस्, यसबारे सबिस्तार जानकारी लिऔँ ।

भिटामिन बी कम्प्लेक्स

तौल घटाउनका लागि भिटामिन बी कम्प्लेक्स निकै असरदार हुन्छ । भिटामिन बीमा थायमिन (बी–वान), राइबोफ्लेबिन (बी–टु), नियासिन (बी–थ्री), पेन्टोथेनिक एसिड (बी–फाइभ), पाइरिडोक्सिन (बी–सिक्स), बायोटिन (बी–सेभेन), फोलेट (बी–नाइन), कोबालिन (बी–१२) समावेश हुन्छन् । यी सबै भिटामिन मेटाबोलिजमलाई बुस्ट गर्न असरदार हुनसक्छन् । यसले तपाईंको शरीरको तौल कम हुन्छ ।

शरीरमा भिटामिन बीको कमी पुरा गर्नका लागि तपाईं गुडागुडी, मुसुरोको दाल, दुध, अण्डा, केरा, आलुजस्ता खानेकुराको सेवन गर्न सक्नुहुन्छ । यी आहारमा भिटामिन बी भरपुर मात्रामा हुन्छ ।

भिटामिन डी

भिटामिन डी शरीरका लागि आवश्यक पोषक तत्वमध्ये एक हो । यसले तपाईंको शरीरको प्रतिरोधी क्षमता वृद्धि गराउँछ । सूर्यको किरणबाट भिटामिन डी पर्याप्त मात्रामा पाउन सकिन्छ । यद्यपि, यदि तपाईं घरभित्र बस्नुहुन्छ वा यस्तो वातावरणमा बस्नुहुन्छ जहाँ सूर्यको किरण कम आउँछ तब यसको पूर्तिका लागि केकी विशेष खाद्य पदार्थ जस्तै दुध, माछा, अण्डा, पनिर इत्यादिको सेवन गर्न सकिन्छ ।

शरीरमा भिटामिन डी तौल कम गर्नमा प्रभावकारी हुने गर्छ । अनुसन्धानले पनि भिटामिन डीको सप्लिमेन्ट लिँदा शरीरको तौल नियन्त्रणमा रहेको देखाएको छ ।

भिटामिन सी

भिटामिन सी अन्य भिटामिसको अवशोषणका लागि आवश्यक हुन्छ । एरिजोना स्टेट युनिभर्सिटीको अध्ययन अनुसार भिटामिन सीयुक्त आहार लिँदा शरीरमा फ्याट तीब्र रुपमा बर्न हुने गर्छ । यसबाहेक भिटामिन सी फ्याट अमिनो एसिडको उत्पादनमा पनि सहयोगी हुनसक्छ । यदि तपाईं तौल कम गर्न चाहनुहुन्छ भने भिटामिन सीले भरपुर खानेकुरा खानुहोस् । शरीरमा भिटामिन सीको पूर्तिका लागि अमिलो खानेकुरा जस्तै मौसम, कागती, सुन्तला, भुँइकटहर, गोलभेडालगायतका खानेकुरा खानुहोस् ।

तौल कम गर्नका लागि यी भिटामिनलाई आफ्नो खानामा समावेश गर्नुहोस् । यद्यपि, तौल वा पेटको बोसो कम गर्नका लागि खाद्य पदार्थका साथै शारीरिक व्यायामको पनि आवश्यकता हुन्छ । त्यसैले सन्तुलित आहारका साथै नियमित रुपमा हल्का–फुल्का व्यायाम पनि गर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप