शनिबार, १९ फागुन २०८०
ताजा लोकप्रिय

एमालेले विद्यालाई उपसभामुखको उम्मेदवार बनाउने

बिहीबार, ३० असार २०७९, १२ : ५१
बिहीबार, ३० असार २०७९

नेकपा एमालेले भोलि हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।  एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए । ‘उपसभामुखमा विद्या कमरेडलाई उम्मेदवार बनाउने सिफारिस गरेको छ’, नेम्वाङको भनाइ छ । 

यसअघि लोसपाले उम्मेदवारी दिने हुँदा एमाले उम्मेदवारी नदिने पक्षमा रहेपनि लोसपाले उम्मेदवारी नदिने भएपछि भट्टराईलाई अघि सारेको हो । उपसभामुख पदका लागि भट्टराईले असन्तुष्टि जनाउँदै उम्मेदवारी नदिने बताएकी थिइन् । उनलाई नेताहरुले अन्तिम समयमा मनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप