शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपसभामुखको चुनावमा गठबन्धनकै पक्षमा उभियो लोसपा

बिहीबार, ३० असार २०७९, १२ : ५३
बिहीबार, ३० असार २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संघीय संसदको प्रतिनिधिसभा उपसभामुखको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सघाउने भएको छ । लोसपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा गठबन्धनका उम्मेदवार पुष्पा भुसाललाई सहयोग गर्ने निर्णय भएको स्रोतले रातोपाटीलाई बतायो ।

गठबन्धनबाट काँग्रेसकी भुसालको उम्मेदवारी दर्ता भइसकेको छ भने उपसभामुखमा एमालेले पनि उम्मेदवारी दिने भएको छ । एमालेले सांसद विद्या भट्टराईलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

गठबन्धनको उम्मेदवारलाई लोसपाले पनि साथ दिने भएपछि एमालेले राजनीतिक उपस्थितिका लागि उम्मेदवार दिन खोजेका देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप