गण्डकीको बजेट बहुमतले पारित
गण्डकी सरकारको बजेट पास भएको छ । बिहीबार बसेको संसद बैठकबाट बहुमतले बजेट पास भएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट पेस गरेको थियो । १ असारमा बजेट बक्तब्यपछि आन्तरिक कुरा नमिल्दा लामो समय सदन चल्न सकेन ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट अर्थमन्त्रीले आफूखुसी काटिदिएपछि सत्तारुढ दलकै कारण संसद् रोकिएको थियो । उक्त कार्यक्रम नाम फेरेर ल्याउन अर्थमन्त्री रामजी बराल राजी भएपछि २२ असारमा विनियोजन विधेयक पेस भएको थियो । ६ दिनको निरन्तर छलफलपछि बिहीबार बजेट पारित गरिएको हो ।
यसअघि एमाले सांसद मायानाथ अधिकारीले खर्च कटौती प्रस्ताव पेस गरेका थिए । उनले सिमल तरुललगायत वैकल्पिक खेतीमा विनियोजन गरेको बजेटले कुनै आर्थिक विकास नहुने भन्दै खर्च कटौती गरी १ रुपैयाँ कायम गर्न भन्दै विनियोजन विधेयकमाथि खर्च कटौती प्रस्ताव दर्ता गरेका थिए ।
सिमल तरुललगायत वैकल्पिक खेतीको सम्भाव्यता अध्ययनमा २० लाख विनियोजन गरिएको छ । त्यस क्रममा अधिकारीले यो बजेटमा एमालेको असहमति रहेको बताए । ‘२७ करोड बराबरको रकमको योजना कानुन सम्मत छैन । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटको ग्यारेण्टी छैन,’ उनले भने, ‘करको दायरा नभई दर बढाएर जनताको ढाड सेक्ने काम गरेको छ । बजेटप्रति हाम्रो गम्भीर असहमति छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
-
माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति
-
जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ