नेपाली जनसम्पर्क समिति भर्जिनियाका सभापति हुमागाईंले दिए पदबाट राजीनामा
नेपाली जनसम्पर्क समिति अमेरिकाको भर्जिनिया शाखाका सभापति राम शरण हुमागाईले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।
उनले च्याप्टर अधिवेशनको अनिश्चितता र व्यक्तिगत कार्य व्यस्तताले गर्दा पदीय जिम्मेवारीबाट अलग भएको बताएका छन् । हुमागाईं नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया शाखाको विभिन्न पद र जिम्मेवारीमा लामो समयदेखि क्रियाशील रहदै आएका छन् । हाल उनि नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुन ।
पटक पटक अधिवेशनको माग र प्रयास हुँदाहुँदै पनि पार्टी नेतृत्व र जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय नेतृत्वको उदासीनताले च्याप्टरहरूको अधिवेशन समयमा सम्पन्न हुन नसकेकोमा उनले सबैको ध्यानाकर्षण गराएका छन् । समयमै अधिवेशन सम्पन्न हुन नसक्नुमा आफ्नो भागमा पर्ने भूमिका र कमजोरीको निम्ति उनले क्षमायाचना पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली पुलबाट हाम फाल्ने युवक मृत फेला
-
सभामुखको भ्रमणबाट राज्यले के पायो जवाफ चाहिन्छ : हरि ढकाल
-
पुष्पा २ अघि ३ को तयारी, नाम पनि भयो फाइनल
-
भारतले दियो बिजुली आयात अनुमति, ‘लोडसेडिङ’को जोखिम टर्यो
-
प्रहरीमा १ वर्षमा ५९ हजार मुद्दा दर्ता
-
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झासहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर