श्रीलङ्का सङ्कट : महिन्दा र बासिललाई देश छाड्न प्रतिबन्ध
शुक्रबार, ३१ असार २०७९, १९ : ४१
श्रीलङ्काको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षे र पूर्व वित्त मन्त्री बासिल राजपक्षेलाई श्रीलङ्का छोड्न प्रतिबन्ध लगाएको छ । बासिल राजपक्षेले केही दिन पहिला श्रीलङ्का छोडेर जाने प्रयास गरेका थिए विमानस्थलका कर्मचारीहरूले उनलाई विमानमा सवार हुन दिएका थिएनन् ।
यसपछि श्रीलङ्काको सर्वोच्च अदालतले दुबै नेताहरूलाई शुक्रबारबाट २८ जुलाई सम्म देश छाडेर जान प्रतिबन्ध लगाइदिएको छ । यसअघि श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर सिंगापुर पुगेका थिए । उनले त्यहीबाट इमेल मार्फत राजीनामा घोषणा गरेका थिए । उनी भागेसँगै प्रधानमन्त्री रनिल विक्रमसिंघेले अन्तरिम राष्ट्रपति पदको शपथ लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय सेनाको हतियार कारखानामा विस्फोट, कम्तीमा ८ जनाको मृत्यु
-
परिवर्तनको हल्ला अस्थिरता मच्चाउने तत्त्वहरुले चलाए : प्रधानमन्त्री
-
काभ्रेको महाभारतमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टरबाट पानी हालिँदै
-
भारतमा रेल दुर्घटना : मृत्यु भएका ७ नेपालीको सनाखत (नामावलीसहित)
-
यस्तो छ फिल्म ‘तान्डवम्’को टिजर
-
क्रिप्टोकरेन्सीको भविष्यबारे ट्रम्पले जारी गरे यस्तो कार्यकारी आदेश