प्रस्तावित अमेरिकी राजदूतको अभिव्यक्तिप्रति चिनियाँ दूतावासको आपत्ति

चीनले नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शुक्रबार काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग जोडेर चीनको भूमिकाप्रति थम्पसनले दिएको अभिव्यक्तिको खण्डन गरेको हो ।
थम्पसनले बुधबार अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय समितिमा बोल्दै नेपालमा चीनको विरोधकै बीच एमसीसी परियोजना अनुमोदन भएको बताएका थिए । उनले चिनियाँ दुष्प्रचारका बीच नेपालको संसदले ५०० मिलियन डलरको एमसीसी परियोजना अनुमोदन गरेको बताएका थिए ।
चिनियाँ दूतावासका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा थम्पसनले चीनको निन्दा मात्र गरेको नभई नेपाल र नेपाली जनताको समेत अपमान गरेको बताइएको छ । विज्ञप्तिमा भनिएको छ- ‘उनले चीनको मात्र निन्दा गरेका छैनन्, नेपाल र त्यहाँका जनताको समेत अपमान गरेका छन् । चीनले यसलाई दृढतापूर्वक अस्वीकार गरेको छ ।’ दूतावासले एमसीसीबारे नेपालमा चर्को बहस भएको र त्यही बीचमा व्याख्यात्मक घोषणासहित एमसीसी पारित भएको स्मरण गराएको छ ।
कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने नीति चीनको नरहेको बताउँदै विज्ञप्तिमा भनिएको छ :‘अन्तर्राष्ट्रिय विकास सहयोगलाई पछ्याउने क्रममा पारस्परिक सम्मान र समानताको सिद्धान्तलाई कायम राख्नुपर्छ, सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्छ र कुनैपनि देशको आन्तरिक मामिलामा हस्तक्षेप हुनु हुँदैन भन्ने चीनको दृढ विश्वास छ।’
थम्पसनले सिनेटमा गरेको टिप्पणीलाई ध्यान दिइएको बताउँदै विज्ञप्तिमा उक्त टिप्पणी पूर्णतया आधारहीन भएको दाबी गरिएको छ । विज्ञप्तिमा नेपाल मित्रवत निकट छिमेकी र विकास साझेदार समेत रहेको बताउँदै चीनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न र नेपाली जनतालाई स्वतन्त्र रुपमा आफ्नै विकासको बाटो रोज्न सहयोग गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा