सेभियासँग टोटेनहमको बराबरी
आइतबार, ०१ साउन २०७९, ०९ : ०२

स्पेनिस क्लब सेभियासँग प्रिमियर लिग क्बल टोटेनहमले बराबरी खेलेको छ । प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा टोटेनहम र सेभियाले १–१ गोलको बराबरी खेलेका हुन् ।
दक्षिण कोरियामा शनिबार भएको मैत्रीपूर्णमा खेलमा सुरुआती अग्रता भने टोटेनहमले बनाएको थियो । पहिलो हाफ गोल रहित बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा गोल गरेका थिए ।
खेलको ५० औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए । यता सेभियाका लागि खेलको ६४ औं मिनेटमा इभान राकिटिचले गोल गर्दै सेभियालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमा र छोरीले एकै दिन गरे विवाह
-
कसरी पछाडि पर्यो देश ?
-
नेपाल एसबिआई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
-
ट्रम्पका कारण राजीनामा दिन बाध्य महान्यायाधिवक्ता मृत भेटिइन्
-
नेपालमा पहिलो थर्ड पार्टी लजिस्टिक्स वेयरहाउस निर्माण सुरु, १ अर्ब २० करोड लगानी
-
कर्णाली प्रदेशले दिएको लक्ष्य ३९ बलमै पुरा गर्यो बागमती प्रदेशले