शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : तालमेल गरेरै चुनावमा जाने काँग्रेसको निर्णय, विश्वराजले दिए राजीनामा

माओवादी र एमालेको एकता तोडेको नेकपामा लफडा
सोमबार, ०२ साउन २०७९, २१ : ३३
सोमबार, ०२ साउन २०७९

आज २०७९ साउन २ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा काँग्रेस बैठकका १३ निर्णय; गठबन्धनबीच तालमेल गरेरै चुनावमा जाने निष्कर्ष, बजेट निर्माणमा संसदीय समितिले भेटेन ‘कैफियत’, चालु आर्थिक वर्षका योजनाको ठेक्काबारे साउनभित्रै बोलपत्र आह्वान गर्नुपर्ने, एआईजी विश्वराज पोखरेलले दिए राजीनामा, माओवादी र एमालेको एकता तोडेको नेकपामा लफडा, सभामुखले सुनाए आफ्नो अनुभव, पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधेर लगियो मन्दिर लगायत छन् ।

१. काँग्रेस बैठकका १३ निर्णय; गठबन्धनबीच तालमेल गरेरै चुनावमा जाने निष्कर्ष
विभिन्न १३ निर्णय गर्दै नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । बैठकले आगामी चुनावमा पाँच दलीय गठबन्धनबीच तालमेल गरेर जाने निर्णय गरेको छ । 

 

 

२. बजेट निर्माणमा संसदीय समितिले भेटेन ‘कैफियत’
बजेट निर्माणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको प्रमुख प्रतिपक्षको आरोपपछि वास्तविकता पत्ता लगाउन गठित संसदीय समितिले त्यस्तो कैफियत फेला नपरेको सम्बद्ध स्रोतले जनाएको छ ।

अर्थमन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा परेका योजनाको ठेक्कापट्टाको बोलपत्र साउन मसान्तभित्रै गरिसक्नुपर्ने गरी बजेट कार्यान्वयनको मार्गदर्शन जारी गरेको छ । यस्तै असोज मसान्तसम्म कुनै पनि शीर्षकको बजेट अर्को शीर्षकमा रकमान्तर गर्न नपाइने मार्गदर्शनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप