बाम एकताको लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय
मङ्गलबार, ०३ साउन २०७९, १८ : ३६

नेकपा (एकीकृत समाजवादी) ले वाम एकताको लागि पहल गर्ने भएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वाम एकताको लागि पहल गर्ने निर्णय गरेको हो ।
बैठकले वर्तमान ५ दलीय गठबन्धन कायम राख्दै वाम एकताको लागि पहल गर्ने निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । बैठकले वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार गर्ने, समाजवाद सम्बन्धि दस्तावेज तयार गर्ने र संगठन सुदृढीकरण अभियानलाई आगाडि बढाउने निर्णय गरेको पनि महासचिव भुसालले जनाए ।
डा. भुसालका अनुसार बैठकमा असार १३ र १४ गते बसेको पार्टीको केन्द्रीय परिषदको प्रथम बैठकबाट पारित कार्ययोजना कार्यान्वन गर्ने सम्बन्धमा समेत छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब तनहुँको गाउँमा पनि ‘डायलासिस’ सेवा, चार जिल्लाका विरामीलाई पायक पर्ने
-
लगानी गर्ने ठाउँ खोज्दै कोरियाली टोली झापा पस्यो
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा