अन्ततः तिलोत्तमा नगरपालिकाको बजेट पारित

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका जनप्रतिनिधिबीच लामो रस्साकस्सीपछि अन्ततः नगरसभाबाट बजेट पारित भएको छ । आपसमा भागबण्डा नमिलेपछि दुई दलबीच चर्किएको द्वन्द्वका कारण बजेट पारित गर्न समस्या भएको थियो ।
मंगलबार भागबण्डा मिलाउन दुवै पक्ष सकारात्मक भएपछि बजेट पारित भएको हो । विषयगत समितिहरुमा नेपाली काँग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको भागबण्डा मिलेपछि बजेट पारित गरिएको छ । नगरसभाले आर्थिक वर्ष २०७९/८० का लागि उपप्रमुख जगेश्वरी चौधरीद्वारा प्रस्तुत १ अर्ब ९८ करोड रुपैयाँको बजेट र आर्थिक विधेयक एवं विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको छ । नगरसभाले सहकारी ऐन २०७४ (दोस्रो संशोधन) पनि पारित गरेको छ ।
मंगलबार बसेको नगरसभा बैठकले बजेट पारितसँगै विभिन्न चार वटा समितिका संयोजक र सदस्य चयन गरेको छ । बैठकले उपप्रमुख जागेश्वरीदेवी चौधरीको संयोजकत्वमा लक्ष्मी विश्वकर्मा गजमेर र सन्तबहादुर बस्नेत सदस्य रहने गरी न्यायिक समिति गठन गरेको छ ।
यस्तै, लेखा समितिमा एमालेबाट निर्वाचित फर्सुराम गिरीको संयोजकत्वमा उपेन्द्र बस्याल (एमाले) र पूर्णप्रसाद आचार्य (माओवादी केन्द्र) सदस्य छन् । काँग्रेसबाट निर्वाचित वडा नं १३ का अध्यक्ष नारायणप्रसाद ढकालको संयोजकत्वमा कल्पना थापा रोका (काँग्रेस) र बालकृष्ण लम्साल (एमाले) सदस्य रहेको विधायन समिति पनि गठन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेट्रोलियम पदार्थको मुल्य यथास्थितिमा राख्न अवस्था छैन : उद्योगमन्त्री रिजाल
-
बाराको जीतपुरस्थित नेपोभिट टायल्स कम्पनीमा आगलागी, क्षतिको विवरण आउन बाँकी
-
आँचल अभिनित साउथ फिल्म ‘हिटम्यान’को पोस्टर र टिजर रिलिज
-
एनसेल शेयर विक्री प्रकरण : तीन निकायलाई लेखा समितिले सोध्यो नौ प्रश्न (प्रश्नसहित)
-
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन : प्रतिवेदनमा के छ ?
-
भारतीय खेलाडी सुभयान कुण्डुले जीते हेटौँडा कप बुद्धिचालको उपाधि