शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा करारमा कर्मचारी माग

बिहीबार, ०५ साउन २०७९, ०६ : २०
बिहीबार, ०५ साउन २०७९

मानव अङ्ग प्रत्यारोपण विकास समितिले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा करारमा कर्मचारीहरू माग गरेको छ । इच्छुक तथा योग्य उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त आव्हान गर्न भनिएको छ । म्याद नाघेर वा रीत नपुगी प्राप्त हुन आएको दरखास्त उपर कारबाही नगरिने स्पष्ट पारिएको छ । 

माग गरिएका पदहरूमा रजिष्ट्रार रेडियोलोजी (आठौँ), रजिष्ट्रार प्याथोलोजी (आठौँ), मेडिकल अधिकृत (आठौँ), हेल्थ केयर म्यानेजमेन्ट अधिकृत, असिस्टेन्ट फर्मासिष्ट (पाँचौँ), ल्याब असिस्टेन्ट (पाँचौँ), स्टाफ नर्स (पाँचौँ) र एनेस्थेसिया असिस्टेन्ट (पाँचौँ) रहेका छन् । विस्तृत दरखास्त फाराम, शैक्षिक योग्यता र परीक्षा मिति लगायतका जानकारी केन्द्रको सूचना पाटीमा वा www.hotc.org.np मा हेर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप