बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

बिहीबार, ०५ साउन २०७९, ०७ : ४१
बिहीबार, ०५ साउन २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर ब्याङ्क्वेटमा बैठक बस्न लागेको हो । 
 
बैठकमा राजनीति प्रतिवेदन पेस हुनुका साथै चुनावी एजेण्डामा केन्द्रित रहेर छलफल हुने केन्द्रीय सदस्य जनक राज पाठकले जानकारी दिए । 

यसअघि असार २९ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन पारित गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप