शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा राष्ट्रपतिको मत परिणाम आज, मतगणना नहुँदै उत्सवको तयारी

बिहीबार, ०५ साउन २०७९, ०९ : ३६
बिहीबार, ०५ साउन २०७९

भारतमा राष्ट्रपति निर्वाचनको मतगणना हुँदैछ । जुलाई १८ मा सम्पन्न राष्ट्रपति निर्वाचनको मतगणना आज बिहान ११ बजेबाट हुँदैछ । 

निर्वाचनमा सत्तारुढ लोकतान्त्रिक गठबन्धन (एनडीए)का तर्फबाट आदिबासी सन्थाल महिला द्रौपदी मुर्मु र विपक्षीका तर्फबाट यशवन्त सिन्हा प्रतिष्पर्धामा छन् । मुर्मु को जित निश्चित जस्तो भएकाले मतगणना औपचारिक मात्र भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। दिउँसो चार बजेसम्म मत परिणाम आउने अपेक्षा गरिएको छ । 

भाजपाले द्रौपदी मुमुको विजयको उत्सव मनाउन व्यापक तयारी गरिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मुलाई  तिनमूर्ति मार्गमा रहेको उनको अस्थायी आवासमा भेट्ने र चुनावी नतिजा घोषणा भएपछि बधाई दिने बताइएको छ ।  मुर्मुको गृहनगर ओडिसा स्थित रायरङपुरका बासिन्दाहरू पनि २०,००० मिठाईहरू तयार पारेर उत्सव मनाउन तयार छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप