बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ट्याटु खोप्दा शरीरको कुन भागमा बढी दुख्छ ?

बिहीबार, ०५ साउन २०७९, १७ : २८
बिहीबार, ०५ साउन २०७९

बेलायती विज्ञान तथा जीवविज्ञानकी शिक्षिका नताली विल्सरले आफ्नो हातमा अल्बर्ट आइन्स्टाइनको ट्याटु खोपेकी छिन् । उनको खुट्टामा, नाडीमा र गोलीगाँठोमा पनि विभिन्न डिजाइनका ट्याटूहरू छन् ।

उनका लागि यी सबै ट्याटुहरूमध्ये सबैभन्दा पीडादायी खुट्टाको माथिल्लो भाग र गोलीगाँठो तिर बनाएको ट्याटु थियो ।

उनले बीबीसीको पोडकास्ट ‘टिच मी लेसनस’ मा भनिन्, ‘पीडा आफूलाई सुरक्षित गर्ने एउटा तरिका हो र नसाका कारण यस्तो पीडा महसुस हुन्छ ।’

उनले पोडकास्ट प्रस्तुतकर्ता बेला म्याकी र ग्रेग जेम्ससँगको कुराकानीमा भनिन्, ‘शरीरको जुन हिस्सामा कम बोसो हुन्छ र धेरै स्नायु हुन्छन्, त्यो भागमा ट्याटु बनाउनु सबैभन्दा पीडादायी हुन्छ ।’

विल्सर भन्छिन्, ‘खुट्टा र घुँडाबाहेक कम्मर, काखी, काँध र करङको नजिकको क्षेत्र अत्यन्तै संवेदनशील हुन्छ तर, यो व्यक्तिमा भर पर्छ कि उसको शरीरको कुन भाग बढी संवेदनशील छ । ’

उनले भनिन्, ‘शरीरको जुन भागमा ट्याटु बनाइन्छ अर्थात् सुईले छालामा प्ङ्क्चर गरिरहेको हुन्छ, त्यतिबेला स्नायुले मस्तिष्कमा पीडाको सन्देश पठाउँछ ।’

तर के बुझ्नु पर्छ भने एक व्यक्तिलाई ट्याटु बनाउन जति दुख्छ, त्यस्तै अरुलाई पनि दुख्छ भन्ने छैन । दुखाइको मात्रा विभिन्न व्यक्तिहरूको संवेदनशीलतामा निर्भर हुन्छ ।

एक व्यक्तिको सहनशीलता क्षमता पनि अर्को व्यक्तिको सहनशीलता क्षमताभन्दा फरक हुने उनी बताउँछिन् । त्यसैले दुखाइको मात्रा फरक हुन सक्छ ।

पहिलो ट्याटू

ट्याटू शताब्दीयौं देखि मानव सभ्यता को एक हिस्सा रहँदै आएको छ । संसारका विभिन्न भागहरूमा विभिन्न नाममार्फत् ट्याटूहरू अभ्यास गरियो । तर उत्जीको शरीरमा संसारको सबैभन्दा पुरानो ट्याटु फेला परेको थियो । जसलाई हिमपुरुष ९आइसम्यान० पनि भनिन्छ ।

सन् १९९१ मा यो ममी इटालीको आल्प्स क्षेत्रको दुर्गम क्षेत्रमा फेला परेको थियो । यो विगत ५ हजार वर्षदेखि हिउँमा दबिएको थियो ।

विल्सर भन्छिन्, ‘यद्यपि उत्जीका ट्याटु, धेरै सानो थिए । त्यो थोप्ला र ड्यासहरूले बनाइएको चित्र जस्तै थियो । मानवशास्त्रीहरू ट्याटु भनिएको त्यो चिन्ह चिकित्सा उद्देश्यको लागि एक्यूपंक्चर उपचारको संकेत पनि हुन सक्ने विश्वास गर्छन् ।’

उनी भन्छन्, ‘यो निकै रोचक कुरा हो । त्यो समयमा (अर्थात् ढुङ्गे युग र धातु युगमा पनि) मानिसहरूलाई ट्याटु कसरी प्रयोग गर्ने भनेर थाहा थियो र मानिसहरूले यसलाई एकदम सही तरिकाले प्रयोग गर्थे ।’

त्यस पछि, ट्याटूहरू बिस्तारै कथाहरू सुनाउने माध्यम बन्यो ।

विल्सर थप्छिन्, ‘पौराणिक कथा अनुसार क्याप्टेन जेम्स कुकले १८ औं शताब्दीको उत्तरार्धमा धेरै मानिसहरूलाई भेटे । प्रशान्त महासागरमा आफ्नो यात्राको क्रममा, उनले ट्याटु भएका धेरै मानिसहरूलाई भेटे । उनका चालक दलका ९० प्रतिशत सदस्यहरूले अनुभवलाई जीवित राख्न ट्याटु बनाए । ’

‘ब्रिटिश नौसेनाका सिपाहीहरूले यो परम्परा विरासतमा पाए र आफ्नो यात्रामा ट्याटु बनाउन थाले । उनीहरूले ट्याटू बनाउन पिसाब र बारूदको प्रयोग गरे,’ विल्सर भन्छिन् ।

ट्याटु मेसिनहरू १९ औं शताब्दीको अन्तसम्ममा अस्तित्वमा आए । जुन वास्तवमा थोमस एडिसनको प्रिन्टरमा आधारित थियो ।

‘यो सन् १८७५ मा बनाइएको थियो र त्यो समयदेखि नवीनतम मोडेलसम्म यसमा धेरै परिवर्तन भएका छैनन् । यसमा भएका सुईले अझै पनि एक मिनेटमा ५० देखि ३,००० पटकसम्म छालामा रोप्न सक्छ ।’

शरीरको सबैभन्दा ठूलो भाग

छालाले शरीरको भित्री भागलाई ढाक्ने काम गर्छ । हरेक २८ दिनमा हाम्रो छाला नयाँ हुन्छ ।

यस्तो अवस्थामा प्रश्न उठ्छ कि छाला नयाँ बन्यो भने ट्याटुको रंग किन उस्तै रहन्छ ?

प्रोफेसर विल्सरका अनुसार छालाका मुख्य तीन तह हुन्छन् । बाहिरी छेउमा एपिडर्मिस, बीचमा डर्मिस, जहाँ रगत नलीहरू, पसिना ग्रन्थीहरू, रोम–छिद्र र स्नायुहरू छन् । भित्री तह हाइपोडर्मिस तह हो ।’

उनी भन्छिन्, ‘ट्याटुको मसीलाई छालाको नसा भएको भागमा इन्जेक्सन गरिन्छ । एपिडर्मिसले सुरक्षित हुने भएकाले ट्याटुको रङ फिक्का हुँदैन ।’

विल्सर भन्छिन्, ‘जब मसी इन्जेक्सन गरिन्छ, स्नायुहरूले मस्तिष्कमा सन्देश पठाउँछ कि तिनीहरू घाइते छन् । यसपछि, मस्तिष्कले शरीरको त्यो भागको सन्देश लिएर सुरक्षात्मक व्यवहार अख्तियार गरेर ह्वाइट–ब्लड–भेसल्सलाई उक्त स्थानको सुरक्षाका लागि निर्देशन दिने गर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप