बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

भारतीय राष्ट्रपति चुनाव : कसको मत कति ?

बिहीबार, ०५ साउन २०७९, २१ : ०३
बिहीबार, ०५ साउन २०७९

भारतीय राष्ट्रपतिको चुनावमा एनडीए गठबन्धनकी उम्मेदवार द्रौपदी मुर्मू भारी मतका साथ विजयी भएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट आएको छ ।

यस्तै पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा मात्र २ लाख ६१ हजार ६२ मत प्राप्त भएको छ । भारतीय राष्ट्रपति चुनिनका लागि जम्मा ५ लाख ४३ हजार २१६ इलेक्टोरोल भोट चाहिन्छ । दौपदीले जुलाई २५ मा राष्ट्रपतिको शपथ लिने कार्यक्रम रहेको छ। भारतको १५ औं राष्ट्रपति बन्ने मुर्मू पहिलो आदिवासी  महिला हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप