शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रणवीरको नग्न फोटोबारे नायिकाको टिप्पणी, ‘महिलाले यहि गरेको भए उसको घर जलाइदिन्थ्यौ, मार्ने धम्की दिन्थ्यौ’

शुक्रबार, ०६ साउन २०७९, १६ : २९
शुक्रबार, ०६ साउन २०७९

अभिनेता रणवीर सिंह​को नयाँ फोटोसुटको व्यापक चर्चा भइरहेको छ । एक म्यागजिनका लागि रणवीर​ले यस्तो फोटोसुट गराएका छन् जसमा उनी पूर्ण रुपमा नग्न छन् । इन्टरनेटमा धेरैले रणबीरको यो फोटोसुटमा कमेन्ट गरेर उनले निकै साहसिक कदम उठाएको भनेर टिका टिप्पणी गरिएका छन् । तर मानिसको यस्तो प्रतिक्रियामा अभिनेत्री मिमी चक्रवर्ती हैरान छिन् ।

अभिनेत्री तथा राजनीतिज्ञ मिमीले रणवीरको नयाँ फोटोसुटको विषयमा ट्वीट गर्दै यदि फोटोसुट कुनै महिलाले गराएको भए जनताको प्रतिक्रिया कस्तो होला भनेर प्रश्न सोधेकी छिन् ।

मिमीले सोधिन् प्रश्न

मिमीले ट्वीटमा लेखिन्, ‘रणवीर सिंहको ताजा फोटोसुटले इन्टरनेटमा तहल्का मच्चाएको छ र धेरैजसो कमेन्टमा फायर इमोजी दिइएको छ । म यहि सोचिरहेकी छु कि यदि यसमा कोही महिला भएको भए, त्यतिबेला पनि यस्तै तारिफ हुन्थ्यो होला ? वा तपाईंले उसको घर जलाइदिनुहुन्थ्यो, मोर्चा निकाल्नुहुन्थ्यो, उसलाई हत्या गरिदिने धम्की दिनुहुन्थ्यो र उसको स्लट–सेमिङ गर्नुहुन्थ्यो ।’

मानिसहरुको सोचमाथि प्रश्न उठाउँदै मिमीले सबै फरक यसैले पर्ने बताएकी छिन् । आफ्नो अर्को ट्वीटमा उनले लेखेकी छिन्, ‘हामी बराबरीको कुरा गर्छौँ, त्यो कहाँ छ ? तपाईंलाई थाहा छ नि, त्यो तपाईंकै सोच हो, जसले सबै फेरिदिन सक्छ वा ध्वस्त पार्न सक्छ । यो केसमा आफ्नो सोचको दायरालाई थोरै बढाउनुहोस् किनभने यस्तो बडी निकै बलिदानपछि बन्छ, विश्वास गर्नुहोस् (नुन, चिनी, कार्ब्स, सबैकुरा छोड्नुपर्छ...) ।

रणबीरले के भने ?

पेपर म्यागजिनका लागि यो फोटोसुट गराउने रणवीर​ले आफनो यो इच्छाबारे कुरा गर्दै आफू हजारौँ मानिसहरुको अगाडि नग्न हुन सक्ने र यसबाट आफूलाई कुनै फरक नपर्ने बताएका छन् ।

उनले भने, ‘मेरा लागि शारीरिक रुपमा नग्न हुन निकै सहज छ तर मेरा केही प्रस्तुतीमा म धेरै नै नग्न भएको छु । तपाईंले मेरो आत्मा देख्न सक्नुहुन्छ । म हजारौँ मानिसहरुको अगाडि नग्न हुनसक्छु । मलाई यसले केही फरक पार्दैन । मात्र उनीहरुलाई समस्या हुन्छ ।’

 रणवीर यो वर्षको अन्त्यमा रोहित शेट्टीको फिल्म ‘सर्कस’ मा देखिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप