शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘पहिला सहारा दिए, पछि धन्दामा लगाए’

शनिबार, ०७ साउन २०७९, १४ : १६
शनिबार, ०७ साउन २०७९

‘म १२/१३ वर्षका थिए, आमाले दोस्रो बिहे गरेर हामीलाई छोडेर जाँदा । आमाले बुबालाई छोडेर गएपछि बाबुले पनि दोस्रो बिहे गरी घर भित्र्याए । बुबाले कान्छी आमा भित्र्याए पछि आफ्नै आमा घर आएझैँ लाग्यो । बिस्तारै दिन बित्दै गयो । बिहान साँझ घरको काम गर्ने दिउँसो स्कूल जाने मेरो दैनिकी थियो । कान्छी आमा भित्रिएको वर्ष दिनसम्म यसरी दिन बित्यो । पछि कान्छी आमा र बुबाको व्यवहार फरक बन्दै गयो । स्कूल जाने सक्ने पनि अवस्था भएन । आमाबुबाको त्यो व्यवहार खप्न नसकी १४ उमेरमा घरबाट निस्केर हिँडे । जाने कतै ठाउँ भएन । सहरका गल्ली गल्ली चाहर्दै भोक भोकै भौँतारिरहेका । त्यही अवस्थामा ढुङ्गा खोज्दा देउता भेटिए भने झैँ  इन्द्र बहादुर केसी भेट्टाएँ । बहिनी म राम्रो कामकाज खोजिदिन्छु । काम नभेटाउञ्जेल तिमी हामी कहाँ बस्ने भने म पनि हुन्छ भने । पहिला पहिला उनले पनि राम्रै गरे । तर पछि उनले शारीरिक सम्पर्क राख्न थाले । त्यसपछि आफूले पनि शारीरिक सम्पर्क राख्ने ग्राहक खोज्दै होटेल होटेलमा लैजान थाले । हजारदेखि माथि आफैले मेरो शरीरको मूल्य तोक्थे । अहिले म २० वर्षकी भएँ ।’ 

सहारा दिने नाममा बेसहारा युवतीलाई यौन व्यापारको बाटोमा जबरजस्ती डोर्‍याउँदा पीडितले  शारीरिक मात्रै होइन मानसिक पीडाको समेत शिकार बन्नु परेको पीडित युवती सुनाउँछिन् । बेसहारा बन्दै सडकमा भौतारिँदै हिँडेका बेला देवता पनि भेटिएका इन्द्र बहादुर उनका लागि राक्षस नै साबित बने । कहिले आफूले तँ कहिले ग्राहक खोज्दै निरन्तर यौन हिंसाको शिकार बनाए । तीन जना मिलेर ग्राहक खोज्दै मूल्य तोक्दै आफूलाई केही समयदेखि होटेलको एउटा कोठामा राख्दै यौन व्यापारमा लगाएको उनले बताइन् । 

‘बेसहारा म मलाई सहारा दिने यिनीहरू बाहेक कोही भएनन् । सुरु सुरुमा बजार जाऔँ भन्थे । होटेलमा साहु र आफैले शारीरिक सम्पर्क राख्थे । म केही बोल्न सकेन । साँझ सीता दिदीको घरमा ल्याउँथे त्यहाँ पनि त्यस्तै हुन्थ्यो । दिदीले पनि ग्राहक खोजेर राख्थिन् । नाई भन्दाभन्दै पनि जबरजस्ती गर्थे । गाली गर्ने धम्क्याउने , मार्ने पिट्ने गर्थे । म निरीह बनेर बस्थेँ । न म उजुरीका लागि प्रहरीसम्म पुुग्न सकेँ, न मेरो पीडा कसैलाई सुनाउन सक्थेँ । उनीहरूले जे भन्थे, म त्यो स्वीकार गर्न विवश थिए । ’ पीडित युवतीले थपिन्–‘ मेरो जीवन नर्क बनेको थियो । ’ 

अहिले भने जिल्ला प्रहरी कार्यालय दाङले पीडित युवतीको उजुरीका आधारमा यौन व्यापार तथा क्रियाकलापको लगाउने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीन जनालाई मानव बेचबिखन तथा ओसारपसार तथा शरीर बन्धक सम्बन्धी मुद्दा दर्ता गरी कानुनी उपचारको प्रक्रिया थालनी गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार पीडित आफै प्रहरीकोमा पुगेकी थिइन् । पीडित युवतीको उजुरीमा आधारमा घोराहीमा नयाँ बसपार्क स्थिति दाजुभाइ होटेल सञ्चालक तुलसीपुर उपमहानगरपालिका झमन बिक , घोराही उपमहानगरपालिका वडा नं. १० सीता बिक र घोराही उपमहानगरपालिका वडा नं. १२  ५० वर्षीय इन्द्र बहादुर केसी पक्राउ परेको हुन् । जसलाई मुद्दा दर्ता आवश्यक अनुसन्धानको भइरहेको डिएसपी रिजालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप