शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पहिले देश अनि विदेश’

आइतबार, ०८ साउन २०७९, १६ : ३०
आइतबार, ०८ साउन २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले ‘पहिले देश अनि विदेश’ अभियान चलाउने भएको छ । मन्त्रालयले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि यस्तो अभियान चलाउने भएको हो । 

आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना, २०७९ जारी गरेको मन्त्रालयले पर्यटन विकास एवं प्रवद्र्धनमा बाह्यसँगै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत विशेष जोड दिनुपर्ने देखिएकाले यस्तो अभियान सञ्चालन गर्न लागिएको जनाएको हो । यस्तो कार्यक्रम पर्यटन मन्त्रालय, पर्यटन बोर्ड तथा सम्बन्धित निजी पर्यटन व्यवसायीहरु र तिनका छाता संगठनहरुको सक्रियतामा निरन्तर सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । 

हाल नेपालको पर्यटन व्यवसाय ७५ प्रतिशत आन्तरिक पर्यटकहरुबाटै धानिरहेको बताइएको छ । जुन कोभिड–१९ पछि विदेशी पर्यटक नआउँदा समेत आन्तरिक पर्यटकहरुले ७५ प्रतिशत व्यवसाय धानेको तथ्याङ्कहरूले देखाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप