बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कल सेन्टरमा छापा प्रकरण : मुख्य लगानीकर्ता खोज्दै प्रहरी

एक भारतीय र ८ नेपालीसहित ९ जनालाई थुनामा राखेर अनुसन्धान सुरु
आइतबार, ०८ साउन २०७९, २० : ५६
आइतबार, ०८ साउन २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ स्थित जानकीनगरमा सञ्चालित कल सेन्टरमा प्रहरीले आइतबार छापा मारेर नियन्त्रणमा लिएकामध्ये ९ जना बाहेक अन्यलाई छाडिएको छ ।  एक भारतीय नागरिकले भाडामा लिएको फ्ल्याटमा सञ्चालित कल सेन्टरमा प्रहरीले छापा मारेर २ सयभन्दा बढीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।

सो कल सेन्टरमा दुई सयभन्दा बढी कम्प्युटर राखेर भारतीय नागरिकलाई ठगी गर्ने काम भइरहेको प्रहरीको भनाइ छ । विभिन्न मोबाइल एपको प्रयोग गरेर ठगी गरेको आरोपमा एक भारतीय र ८ जना नेपाली नागरिकलाई भने थप सोधपुछ तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय राखिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार भारतीय नागरिकलाई ऋण दिने बहानामा ब्याक मेलिङ्ग गर्ने, मोबाइलको विभिन्न एप प्रयोग गरेर  ठगी गर्ने गरेको काम हुँदै आएको पाइएको छ । 

६ महिनादेखि योजनाबद्ध रूपमा लाखौँ रुपैयाँ लगानी   गरेर कार्यालय स्थापना गरी ठगी गर्ने गिरोहको मुख्य लगानीकर्ताको खोजी भइरहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रवीन्द्र रेग्मीका अनुसार प्रहरीले नियन्त्रणमा लिएका भारतीय नागरिक बिहारका  निरञ्जन कुमार हुन् । अन्य ८ जना नेपाली भने टिम लिडरजस्तै तहमा बसेर काम गर्ने कामदार हुन् ।

सोधपुछका क्रममा ती भारतीय नागरिकले कम्पनी चाइनाबाट सञ्चालन भएको बताएपछि प्रहरीले गहिरो गरी अनुसन्धान गर्न थालेको हो । जिल्ला प्रहरी प्रमुख रेग्मीका अनुसार भारतीय नागरिकले चाइनिजको लगानीमा कम्पनी खोलिएको बयान दिएकाले यसबारे सुक्ष्म ढंगले अनुसन्धान थालिएको छ । ठगी धन्दाबाट पीडित हुनेमा सबै भारतीय नै हुन् या नेपाली पनि छन् भन्नेबारे समेत प्रहरीले अनुसन्धान थालेको छ ।

ब्रान्डेड कम्प्युटरहरू राखेर १६ देखि २२ वर्षसम्मका युवायुवतीलाई राखेर कल सेन्टर सञ्चालन हुँदै आएको पाइएको छ । सो कल सेन्टरमा काम गर्ने धेरैजसो बुटवलका विभिन्न कलेजका विद्यार्थी छन् । सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुक प्रयोग गरेर ‘तपाईलाई  चिट्ठा प¥यो, भन्सारमा समान आयो,  मलाई समस्या प¥यो, मेरो एकाउन्ट पैसा हाली दिनुस्’ भनेर ठगीको जालो बिछ्याउने र सोझा नागरिकलाई ठग्ने काम भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं डीएसपी ठगबहादुर केसीले बताए ।​

 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप