शनिबार, १४ माघ २०७९
ताजा लोकप्रिय

दीपकले भने, 'जितुसँग कुनै दुश्मनी छैन'

सोमबार, ०९ साउन २०७९, १९ : २२
सोमबार, ०९ साउन २०७९

नेपाली चलचित्र छक्कापञ्जा ४ को छायाङ्कन सुरु भएको छ । सोमवार भक्तपुरको सूर्य विनायक मन्दिरमा पूजा गरेर फिल्मको छायाङ्कन सुरु गरिएको हो । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्रलाई हेमराज बि.सी.ले निर्देशन गर्नेछन् । 

आगामी कार्तिकमा फिल्म प्रदर्शन गर्ने टिमको योजना छ । सञ्चारकर्मीहरूसँगको कुराकानीमा कलाकार दीपकराज गिरीले फिल्म कलाकार जितु नेपालसँग आफ्नो कुनै दुश्मनी नरहेको बताए । उनले एकअर्काका फिल्ममा सबैले फूल लगेर दिने र सफलताको शुभकामना दिने गरेको बताए । उनले फिल्ममा सहरको कथावस्तु रहेको जानकारी दिए । 

त्यस्तै कलाकार जितु नेपालले पनि दीपकराज गिरीसँग कुनै झगडा नभई समय समयमा आफ्नो स्वभाव र कार्यव्यवस्तताका कारण काम गर्न नपाएको बताए । कलाकार केदार घिमिरेले फिल्मको कथावस्तु लेख्न धेरै गाह्रो भएको बताए । उनले आजभन्दा दुई महिना अघि नै सुरु गर्नुपर्ने भएपनि कथावस्तु सक्न गाह्रो भएको बताए । फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौला लगायतको अभिनय रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप