मंकीपक्स भाइरस रोकथाम गर्न योगेश भट्टराईको माग

नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाल मंकीपक्स भाइरस सङ्क्रमणको जोखिममा रहेको भन्दै रोकथाम र नियन्त्रण गर्न माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभामा सभामुखसँग समय मागेर बोल्दै सांसद भट्टराईले सरकारले यो सङ्क्रमण रोकथामका लागि सार्वजनिक ढङ्गले सचेतना जगाउने काम नगरेको बताए ।
उनले भने–‘मंकीपक्स भाइरस रोकथामका लागि सरकारले सचेतना जगाउने काम गरेको छैन । एक किसिमले भन्ने हो भने सरकार चिर निद्राको अवस्थामा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसबारेमा सतर्कता जारी गरिसकेको छ । हाम्रो सिमानाहरूमा अहिलेसम्म साइनबोर्ड समेत राखिएको छैन । हाम्रो एयरपोर्टहरूमा सचेतनाका लागि एउटा बोर्ड पनि राखिएको छैन । नेपालका सञ्चारमाध्यमबाट कुनै सूचना जारी गरेको छैन । भारतमा यसका केसहरू देखिइसकेको अवस्थामा यसको भयानक अवस्थाबाट अब हामी टाढा छैनौँ ।’ उनले यसबारेमा सरकार र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए । उनले मंकीपक्स भाइरस नेपाल प्रवेश रोक्न पूर्व सतर्कता अपनाउनका लागि पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्की : भूकम्पबाट बाँचे तर खुल्ला आकाश मुनी ठिहिर्याउने चिसोमा कसरी बसिरहेका छन् मानिस ?
-
सिके राउतले आफ्नै दाइलाई बनाए योजना आयोगका सदस्य
-
शिवम सिमेन्टको एक मात्र लक्ष्य गुणस्तरीय उत्पादन हो : उपाध्यक्ष अग्रवाल
-
विजय लघुवित्तले २० प्रतिशत बोनस दिने
-
द ब्रिटिस कलेजले बास्केटबल टोर्नामेन्ट आयोजना गर्ने
-
नीर शाह र सुशान्त कुमारले दिए बोर्डको सल्लाहकारबाट राजीनामा