टाइगर र दिशाको ब्रेकअप
बलिउड फिल्म उद्योगमा कैयौं सेलिब्रेटीको अफेयरको खबर भाइरल भइरहन्छ । यीमध्ये कैयौं स्टार विवाहको बाटोसम्म पुग्छ भने कयौंको बीचमा नै ब्रेकअप हुने गरेको छ ।
झण्डै ६ वर्षसम्म डेट गरेका अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको जोडीको ब्रेकअप भएको छ । जोडीको के कारणले ब्रेकअप भयो भन्ने केही कारण खुलेको छैन । तर यो जोडीको सम्बन्ध केही समययता ठीकसँग चलि नरहेको उनीहरु निकट स्रोतले जानकारी दिएको छ । जोडीमा केही असमझदारी भएपछि एकआपसको सहमतिमा सम्बन्धबाट बाहिरिने निर्णय लिएका छन् ।
टाइगरका एक साथीले पनि उनीहरुको प्रेम सम्बन्ध पहिलाको जस्तो नरहेको खुलासा गरेका छन् । दुवैको ब्रेकअप भएपछि उनीहरु आ–आफ्नो काममा केन्द्रीत रहेको उनको दाबी छ । ब्रेकअपका विषयमा टाइगर र दिशाले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । ब्रेकअप अघि टाइगर र दिशा विभिन्न स्थानमा घुमिरहेको अवस्थामा भेटिन्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत