बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मृत्युको सेल्फी : हेलिकोप्टर नजिकै खिचिरहेका थिए फोटो, काटियो शिर

बुधबार, ११ साउन २०७९, १२ : ०४
बुधबार, ११ साउन २०७९

विदेशमा छुट्टी मनाउन गएका धनी परिवारका एक २२ वर्षका युवकको शिर हेलिकोप्टरको पखेटाले काटिएको छ । उनको शिर शरीरबाट अलग्गिएको बताइएको छ । ती युवक त्यहि हेलिकोप्टरमा सवार भएकोसमेत जानकारीमा उल्लेख छ । उनी हेलिकोप्टरको पखेटा बन्द हुनुभन्दा अघि नै तल झरेर सेल्फी खिच्न थालेको विभिन्न सञ्चार माध्यमले बताएका छन् ।

ज्याक फेन्टन नामका यी युवक बेलायतको एक धनाढ्य परिवारका थिए । उनी आफ्ना तीन साथीसँग हेलिकोप्टरमार्फत् माइकोनोसबाट ग्रीसको राजधानी एथेन्स नजिकै एक नीजि हेलिप्याडमा पुगेका थिए । चार्टर्ड गरिएको बेल ४०७ हेलिकोप्टरको इन्जिन बन्द हुनुअघि नै उनी त्यहाँ उत्रिएको र हेलिकोप्टरको पछाडिको भागमा गएर सेल्फी लिन खोज्दा त्यस्तो दुर्घटना भएको द गार्जियनले बताएको छ ।

दुर्घटनालगत्तै आपतकालीन सेवा बोलाइएको तर पखेटाको तीब्र गतिका कारण ज्याकको तुरुन्त मृत्यु भएको जानकारीमा उल्लेख छ । दुर्घटनाको सुक्ष्म अनुसन्धान जारी छ । हेलिकोप्टरको इन्जिन र पखेटा बन्द हुनु अघि नै पाइटलटले यात्रीलाई बाहिर निस्कन दिएको भए उनीमाथि हत्याको मुद्दा दर्ता गर्न सकिने सम्भावना छ ।

एथेन्सको ओपन टिभीले दुर्घटनाका बेला ज्याक फोनमा कुराकानी गरिरहेको वा सेल्फी लिइरहेको हुनसक्ने सम्भावना जताएको छ । ज्याकका अभिभावक अर्को हेलिकोप्टरबाट माइकोनोसबाट एथेन्स पुग्नै लागेको थिए । उनीहरु सबै छुट्टी मनाएर त्यहाँबाट बेलायत फर्किरहेका थिए ।

स्मरण रहोस्, ज्याकका पिता मिगुएल, द हप फार्मका मार्केटिङ, सेल्स र पीआरका प्रमुख हुन् । यो फार्म ४०० एकडमा फैलिएको छ र असाध्यै चर्चित छ ।

ज्याकको मृत्युपछि उनी हेलिकोप्टरबाट किन बाहिर निस्किएका थिए भन्ने बारे विशेष अनुसन्धान भइरहेको छ । स्मरण रहोस्, यदि पाइलटले बटन दबाएर पखेटालाई रोक्दैनन् भने हेलिकोप्टरको पखेटा इन्जिन बन्द भएको करिब दुई मिनेटपछि रोकिने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप