जुम्ल्याहा सन्तान जन्माउँदै आलिया भट्ट ? भन्छिन्, ‘रणबीरले आफ्नै खुट्टामा बञ्चरो हाने’
बलिउडकी क्षमतावान् नायिकाको सूचीमा पर्ने आलिया भट्ट गर्भवती छिन् । आलियाले आफ्नो सन्तानका लागि निकै उत्साहित भएको बताएकी छिन् । आलियाको गर्भावस्थाबारे धेरैको चासो छ । आलिया र रणबीर जुम्ल्याहा सन्तानका अभिभावक बन्न लागेको खबर पनि भारतीय सञ्चार माध्यममा आएका थिए । । रणबीरको एउटा बयानपछि यस्तो अनुमान गरिएको थियो । अब आलियाले जुम्ल्याहा बच्चाको खबरमाथि प्रतिक्रिया दिएकी छिन् ।
आलियाले आरजे सिद्धार्थ कननसँगको कुराकानीमा सबै अड्कलबाजीमाथि पूर्णविराम लगाउँदै आफूले जुम्ल्याहा बच्चा नजन्माउने स्पष्टिकरण दिएकी छिन् । आलियाले भनिन्, ‘हे भगवान, सिंगुलर । रणबीर कुनै रिलमाथि मजाक गरिरहेका थिए र उनले आफ्नै खुट्टामा बञ्चरो हानेका छन् । हाम्रो देशमा अरु कुनै ठूला खबर छैनन् कि यो ठट्टा पनि समाचार बन्यो । मानिसहरुले मेरो र रणबीरको खुसी र स्वास्थ्यका लागि प्रार्थना गर्नुपर्छ । मलाई पनि यो कुरा पछि मात्रै थाहा भयो ।’
रणबीर कपुरले के भनेका थिए ?
एक अन्तरवार्तामा रणबीर कपुरलाई आफ्ना बारे साँचो र झुटो कुरा भन्न लगाइएको थियो । त्यसपछि अरु नै कुराको बीचमा रणबीरले आलियाको जुम्ल्याहा सन्तान हुनसक्ने बताएका थिए । पछि रणबीरले ठट्टा गरिरहेको पनि बताएका थिए । रणबीरले मिडियालाई यसलाई विवाद नबनाइदिन अपिल पनि गरेका थिए ।
रणबीर कपुर र आलिया भट्टले यसै वर्ष अप्रिलमा विवाह गरेका थिए । अघिल्लो महिना मात्रै आलियाले आफ्नो गर्भावस्थाबारे जानकारी दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)