बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले ताइवानमाथि आक्रमण गर्ने सम्भावना छ : रक्षामन्त्री चाङ

बिहीबार, १२ साउन २०७९, ०६ : ०७
बिहीबार, १२ साउन २०७९

ताइवानका रक्षामन्त्री चिउ कुओ चाङले चीनको पिपुल्स लिबरेस आर्मीले सन् २०२५ सम्ममा ताइवानलाई आक्रमण गर्ने पूर्ण क्षमता राख्ने बताउँदै त्यसप्रति चिन्ता व्यक्त गरेका छन् । 

ताइवान स्ट्रेटमा बढ्दो तनाव र धम्कीको पृष्ठभूमिमा गैरनाफामुखी संस्था द डेमोक्रेसी फोरम (टीडीएफ)द्वारा आयोजित भर्चुअल गोष्ठीमा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

व्यापार, प्राविधिक आविष्कार र प्रजातान्त्रिक मूल्यको मामला ताइवानको वैश्विक महत्व रहेको उनले बताए । ‘ताइवानः के यो निरन्तर विश्व व्यवस्थाको लागि महत्वपूर्ण छ ?’  शीर्षक दिइएको उक्त भर्चुअल गोष्ठीमा उनले चीनसँगको जटिल सम्बन्ध र सम्भावित हमलाबारे  चर्चा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप