बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

‘सर्दी लाग्छ नरुझ पानीमा’ मा रामजी र जुनाको रोमान्स

बिहीबार, १२ साउन २०७९, २१ : २३
बिहीबार, १२ साउन २०७९

तीज नजिकिँदै गर्दा तीजका लागि भनेर बनाइएका गीतहरू अहिले धमाधम बजारमा आउन थालेका छन् । यस्तैमा गीतकार तथा गायिका गायत्री थापाको नयाँ तीज गीत ‘सर्दी लाग्छ नरुझ पानीमा’ सार्वजनिक भएको छ ।

लोकशैलीमा तयार गीतमा रामजी खाँड र शान्तीश्री परियारको स्वर रहेको छ । गीतमा प्रेमी प्रेमिकाले एक अर्काेको चिन्ता गर्दै झरीमा नरुझ भनेका छन् । राजेश सुनामको संगीत तथा एरेन्ज रहेको गीतको आकर्षक भिडियो समेत बनेको छ । भिडियोमा गायक रामजी खाँड र मोडल जुना सुन्दासको अभिनय छ । थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियोको निर्देशन तथा कोरियोग्राफी जेरी भण्डारीले गरेकी हुन् । 

करण चैसिरको छायाँकन, नविन घर्तीमगरको सम्पादन रहेको भिडियो शिव दर्शन फिल्मस्ले निर्माण गरेको हो । गीत दर्शक श्रोताको रोजाइमा पर्ने विश्वास गीतकार गायत्री थापाको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप