संसदमा आज एसपीपीबारे परराष्ट्रमन्त्रीले जवाफ दिने
परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी स्टेट पाटरसिप प्रोग्राम (एसपीपी) बारे संसदमा सार्वजनिक रुपमा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् । सरकारले गत ६ असारमा एसपीपी अगाडि नडढाउने निर्णय गरेको थियो । उक्त निर्णयबारे अमेरिकालाई जानकारी दिन पत्र नपठाएको भनी सरकारमाथि संसद र सार्वजनिक रुपमा प्रश्न उठ्दै आएको छ ।
४ साउनमा नेकपा एमालेका सांसद भीम रावलले एसपीपीमा संलग्न नहुने निर्णय अमेरिकालाई जानकारी नगराइएको भनी ‘रोष्ट्रम कब्जा (रोष्ट्रममा उभिएर अमेरिकालाई पत्र पठाउन निरन्तर माग, सरकारलाई रुलिङ गर्न आग्रह) गरेका थिए । रावलले रोष्ट्रम नै कब्जा गरेपछि उक्त बैठक स्थगित हुन पुगेको थियो ।
निरन्तर प्रश्न उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले ५ साउन सरकारलाई एसपीपीबारे भएको गतिविधिबारे जानकारी गराउन रुलिङ गरेका थिए । सोही रुलिङको पालना गर्दै शुक्रबार परराष्ट्रमन्त्री खड्काले प्रतिनिधिसभामा जवाफ दिन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्यो जाडो, कस्तो रहला मौसम ?
-
शेयर बजारमा लगानी गर्दा 'मालामाल' हुने राशि कुन् हुन् ? हेरौँ आजको राशिफल
-
दक्षिण कोरियामा व्यापक प्रदर्शन, आफ्ना नागरिकलाई अमेरिकाको हाइअलर्ट
-
रेलिगेशनबाट माथि उत्रियो क्रिष्टल प्यालेस
-
बार्सिलोना थप आक्रामक, मलोर्काको पोष्टमा ५ गोल
-
संसदमा हंगामा भएपछि मार्सल ‘ल’को कठोर कदमबाट पछिहटे दक्षिण कोरियाली राष्ट्रपति