२८ औँ प्रकाश मानव अधिकार पुरस्कार” भुललाई

इन्सेकले २८ औँ प्रकाश मानव अधिकार पुरस्कार” सामाजिक अभियन्ता राजुराम भुललाई दिने भएको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा विज्ञप्तिमा साउन ५ गते सम्पन्न कार्यसमितिको बैठकले शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील दशरथचन्द नगरपालिका–४ का राजुराम भुललाई “२८ औँ प्रकाश मानव अधिकार पुरस्कार”बाट सम्मानित गर्ने निर्णय गरेको उल्लेख छ ।
इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनोट समितिले श्री भुललाई पुरस्कृत गर्न कार्यसमितिलाई सिफारिस गरेको विज्ञप्तिमा जनाइएको छ । इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो ।
नेपालको मानव अधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई “प्रकाश स्मृति दिवस”को अवसर पारेर पुरस्कृत गर्ने गरिन्छ । यो पुरस्कारबाट यसअघि २७ जना सम्मानित भइसक्नु भएको पनि इनसेकले जनाएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको प्रमुख आतिथ्यमा साउन १६ गते काठमाडौँमा आयोजित कार्यक्रममा भुललाई सम्मान गर्ने विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजाबारे ट्रम्पको प्रस्तावमा जुट्ला त सहमति ?
-
संसद भवन परिसरबाट तीन जना पक्राउ
-
केबलकारको पक्षमा बोलेको भन्दै आफ्नै नेतालाई कालोमोसो
-
राजेन्द्र, मुकेश र अनितालाई उपाधि
-
राष्ट्रिय सभाबाट नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक पारित
-
राष्ट्रिय सभाप्रति ज्ञानेन्द्र शाहीले गरेको टिप्पणीप्रति खेद प्रस्ताव पारित