शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

झर्ना खोलामा ट्रष्ट पुल निर्माण, छ सय बढी घरधुरी लाभान्वित

आइतबार, १५ साउन २०७९, ०६ : ४२
आइतबार, १५ साउन २०७९

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको झर्ना खोलामा ट्रष्ट पुल निर्माण पूरा भएको छ । बेलडाँडी –१ सिद्धचोक र बेलौरी नगरपालिका–९ रतनपुर जोड्नका लागि सो खोलमा पुल निर्माण भएको हो ।

यसका लागि हेल्भीटासले रु २६ लाख ३६ हजार र गाउँपालिकाले रु चार लाख लगानी गरेका छन् । पुल बनाउन प्राविधिक सहयोग नेपाल राष्ट्रिय विकास समाज (एनएनडीएस)ले गरेको छ । समाजका  प्रबन्ध निर्देशक भीमदत्त भट्टले स्थानीयवासीको माग र समस्यालाई मध्यनजर गरी पुल निर्माण गरिएको बताए ।

उनका अनुसार निर्माण भएको पुलको लम्बाइ ३२ मिटर र चौडाइ डेढ मिटर रहेको छ । यसबाट सो क्षेत्रका छ सय बढी घरधुरी लाभान्वित भएका छन् । वर्षात्‌का बेला पुल नहुँदा विगतमा बाढी आएको खोला जोखिम मोल्दै तर्नुपर्ने बाध्यता यस क्षेत्रका बासिन्दालाई रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप